टेलिचलचित्र लप्पन छप्पनको शुभ मुर्हत

 

चितवन, १७ असार । असार महिना झम झम पानी परि रहेको छ तर लप्पन छप्पनका कलाकार, निर्माता तथा अतिथीहरु पानीको पर्वाह नगरी रत्ननगर १, निपनीमा रहेको गायत्री हरीहर मन्दिरमा शुभमुर्हत कार्यक्रमका लागी ब्यस्थ देखीन्थ्ये । बिहान ८ः३० को समयको साईत पारेर बिहानमा कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथी रत्ननगर नगरपालीकाका लेखा अधिकृत सितारामा पोख्रेल रहेका थिय ।

13570016_1363969723618188_1148607222_o उनले पुर्वी चितवनमा रहेका मिडीयाकर्मी तथा कलाकारहरुले आफ्नो कलाकारीता देखाउने माध्यम लप्पन छप्पन टेलिचलचीत्र बन्नेमा आफु बिश्वस्त रहेको बताउदै रत्ननगर नगरपालीका क्षेत्रमा देखीएका बिकृती, बिसंगतीका बिषयमा पनि यो टेलिचलचीत्रमा कथा प्रस्तुत गरेमा नगरपालीकाले पनि यसमा हातेमालो गर्ने बताए ।

यस्तै अर्का बिशिष्ट अतिथी रेडियो अर्पण १०४.५ मेगाहर्जका कार्यकारी अध्यक्ष तथा अभियान टेलीभिजनका प्रबन्ध निर्देशक वेद प्रसाद आचार्यले सामाजीक बिसंगतीका बिषयमा यो टेलिचलचीत्रले बिषय बनाएमा हास्य व्यङ्ग्य संगै राम्रो संन्देश समाजमा जाने भन्दै यस कार्यमा आफ्नो सधै सहयोग रहने बताए ।

अर्का बिशिष्ट अतिथी ई.प्र.का. टांडीका डि.एस.पी. जयराज सापकोटाले हास्य व्यङ्ग्य कार्यक्रमले मानीसको स्वास्थ्यमा पनि राम्रो प्रभाव पार्ने र दिनभरी कामगरी बेलुका पख यस्ता कार्यक्रम हेर्दा निकै आनन्द हुने भन्दै यसको सफलताको शुभकामना ब्यक्त गरे ।

त्यस्तै अर्का अतिथी रेडियो अर्पणका सचिव शुरज पौडेलले बधाई तथा शुभकामना दिदै ब्यवसायी हिसाबले आफुले पनि सहयोग गर्ने बताय । कार्यक्रमा प्रमुख अतिथी , बिशिष्ट अतिथी तथा सभाध्यक्षबाट संयुक्त रुपमा नरिवल गणेश मन्दिरमा चढाएर कार्यक्रमको उद्घाटन गरिएको थियो ।

त्यस्तै कलाकार, कथाकार तथा निर्देशक रामु आचार्यले टेलिचलचीत्र लप्पन छप्पनको बिषयवस्तुको बारेमा ब्याख्या गर्दै अर्का कलाकार ध्रुव बहादुर कार्कीसंग मिलेर उद्घाटन संगै आफ्नो प्रस्तुती पनि प्रस्तुत गरेका थिए । एम। एस। मिडीयाका अध्यक्ष तथा सञ्चारकर्मी महेश पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो । शुरुवातमा १७ जना कलाकारबाट शुरुगरिने उक्त हास्य टेलिचलचीत्र लप्पन छप्पनमा निर्माताका रुपमा महेश पाण्डे, रामु आचार्य तथा ध्रुवराज लामीछाने रहेका छन् ।

Leave a Reply

Your email address will not be published.