चितवनको पहाडी क्षेत्रका भुकम्प पिडितलाई ब्याडे बोका वितरण (भिडियोसहित)

राजेन्द्र आचार्य

चितवन, १६ असार । चितवनमा भुकम्प पिडितहरुलाई उन्नत जातका ब्याडे बोका वितरण कार्य सुरु गरिएको छ ।
जिल्ला पशु सेवा कार्यालय चितवनले जिल्लाका ८ वटा पहाडी गाविसका भुकम्प पिडितलाई लक्षित गरि उन्नत जातका बोका वितरण कार्य सुरु गरेको हो ।13578664_1817120861849506_1116655170_n 13565474_1817120858516173_236546631_n

चितवनको दाहाखानी, चण्डीभन्¥याङ्ग, काउले, कोराक, सिद्धि, दारेचोक, कविलास र लोथरमा गरि १ सय वटा ब्याडे वितरण गरिन लागेको जिल्ला पशु सेवा कार्यालय चितवनका प्रमुख डा.रामकुमार कार्कीले जानकारी दिए ।
नश्ल सुधारसगै उन्नत जातको बोका कारण आयआर्जनमा समेत वृद्धि गराउने पशु सेवा विभागको लक्ष्य अनुसार बोका वितरण दाहाखानी गाविसको सिकलढापबाट सुरु गरेका हौं–उनले भने । अगामी असार २४ सम्म ८ वटै गाविस वितरण गरिसकिनेछ ।
१५ लाख रुपैयाको लाखतमा चितवनमा ब्याडे बोका वितरण गरिन लागेको कार्यालयले जनाएको छ ।
यसैविच दाहाखानी गाविसको सिमलढापमा पशु कार्यालयका प्रमुख डा.रामकुमार कार्की र खाहखानी गाविसका सचितवन कपिलराज सुवेदीले स.युक्त रुपमा बोका वितरण गरेका थिए ।
बोका पाएसगै खुसी हुदै गानिराज प्रजाले भने–बाख्रा पालनमा ब्याडे बोका नहुदां समस्या थियो । अब त आयआर्जनमा केहि राहत मिल्छ ।
पशु कार्यालय एउटा वडामा एउटा ब्याडे बोकासगै ६ महिनलाई पुग्ने औषधी समेत वितरण गरेको कार्यालयका प्राविधिक रुद्रमुकार श्रेष्ठले बताए ।

 

 

Leave a Reply

Your email address will not be published.