कराते संघ मलेसियाको सम्मान कार्यक्रम सम्पन्न

 

क्वालालम्पुर । नेपाली प्रवासि सितेरियो कराते संघ मलेसियाले करिब २ महिना अघि मलेसियाबाट फिलिपिन्समा भएको प्रतियोगितामा नेपालीको तर्फबाट पदक पाउने खेलाडिलाई सम्मान गरेको छ । राजधानी क्वालालम्पुरमा आईतबार संघले आफ्ना पदक विजेता तथा मलेसियाका सक्रिय खेलाडि, प्रवासमा रहेर सक्रिय रुपमा बिभिन्न व्यवसायमा लागेका संघ संस्था देखि पत्रकारसम्मलाई सम्मान गरेको हो । kr
कार्यक्रममा प्रमुख अतिथि तथा नेपाली राजदूतावासका द्धितीय सचिव उत्तम कुमार शाहीले प्रवासमा रहि अरुको नियन्त्रणमा हुदाँ हुदै पनि खेललाई अगाडि बढाएर प्रगति गर्न सफल भएकोमा संघ प्रति आभार व्यक्त गर्दै उहाँले धन्यबाद दिनु भयो । केहि महिना अगाडिमात्र स्वर्ण तथा कास्य पदक पाउन सफल मलेसियाका दुबै खेलाडि र टिमलाई उहाँले शुभकामना व्यक्त गर्नु भयो । नेपालीहरु खाली लेवर मात्र होईन उनिहरु हरेक क्षेत्रमा सक्षम छन् भन्ने उदाहरण पनि भएको बताउदै नेपालीहरु दैनिक सुतेको अवश्थामा मृत्यू भएको र अब खेलकूद तथा स्वास्थ्यमा ध्यान दिएर मृत्यूदर घट्नेमा खेलको पनि ठूलो भूमीका रहने उहाँले बताउनु भयो ।
कार्यक्रमका बिशेष अतिथि तथा गैर आवासीय नेपाली संघ मलेसियाका अध्यक्ष विश्व राईले नेपालीहरु जहाँ जस्तो काम गरे पनि आफ्नो पेशा संगै नेपालीको नाम विश्वमा नै चिनाउनु पर्नेमा जोड दिनु भयो । उहाँले सम्मानित हुनु हुने सबैलाई बिशेष धन्यबाद दिदै अझ प्रगति गर्नु पर्ने बताउनु भयो ।
संघले फिलिपिन्समा सम्पन्न प्रतियोगितामा स्वर्ण पदक विजेता कर्ण बहादुर राई र मोहम्मद शेख आलम, रजद पदक विजेता कमल बराली र उद्धब भण्डारि तथा कास्य पदक विजेता अजित तामाङ र दिपक बोहोरा सम्मान गरिएको थियो । त्यस्तै मलेसियामा नै विभिन्न पेशामा रहेर समाज सेवामा लागेको भन्दै एनआरएन एनसिसिका केन्द्रिय सल्लाहकार तथा एनआरएन मलेसियाका पूर्ब अध्यक्ष शंकर बहादुर पौडेल, जी फण्टका बेद प्रसाद आचार्य, नेत्र केसि ग्याल्जेन लामा, भीम बहादुर महर, कालु गुरुङ, माइकल लामालाई सम्मान गरिएको थियो । त्यस्तै खेल र खेलाडिको उजागर गर्दै कलम चलाएको भन्दै कान्तिपुरका पत्रकार राम चन्द्र गिरी तथा दैनिक पोष्ट डटकम मलेसिया संबाददाता एबं उद्धार मासिकका प्रधान सम्पादक रवि भट्टलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा जन प्रगतिशिल मञ्च मलेसियाका अध्यक्ष प्रेम पाण्डे, जन सम्पर्क समितिका उप सभापति कमल गौतम, एनआरएन मलेसियाका संरक्षक भवानी शंकर तिवारी, नेपाल आदिवासि जनजाति महासंघका अध्यक्ष दिपक तामाङ, पिएनसिसि मलेसियाका मलेसिया संयोजक तथा पत्रकार राम चन्द्र नेपाल, हामी सबैको अनलाईन रेडियोका अध्यक्ष दिपक संघर्ष रेडियोका स्टेशन मेनेजर सुवास लामीछाने, अनिल तामाङ, चप्रा तामाङ, तेन्जि शेर्पा, हरि कोईराला लगायतको उपस्थिति रहेको थियो ।
अमीर अधिकारीको संञ्चालन रहेको उक्त कार्यक्रममा कार्यक्रमका सभापति तथा कराते संघ मलेसियाका अध्यक्ष एबं प्रशिक्षक योगेन्द्र कोईरालाले हरेक क्षेत्रबाट सहयोग गर्नु हुने सबैलाई धन्यबाद दिदै खेलाडिहरुको अझ मनोबल उच्च रहने र बैकंकमा हुन लागेको खेलमा पनि संघले भाग लिने जानाकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published.