माछाको मुल्य बढ्यो

सरस्वती कुमारी शर्मा
चितवन, १३ असार । चितवनमा माछको मुल्य वृद्धि गरिएको छ । विगत ३ वर्षदेखि मूल्य समायोजन नहुदा मत्स्य व्यवसायी र कृषकहरु मर्कामा परेको कुरालाई ध्यानमा राखेर मूल्य समायोजन गरेको मत्स्य व्यवसायी संघ चितवनले जनाएको छ । जिल्लामा माछामा समेत चितवन पकेट क्षेत्रको रुपमा विकसित भईरहेको वेलामा कृषकहरुलाई मर्का परेपछि संघका अध्यक्ष जोगेन्द्र महत्तोले भरतपुरमा आयोजित पत्रकार सम्मेलन जानकारी दिए । महंगीका कारणले गर्दा पनि मूल्य समायोजन गर्नु परेका हो उनले भने । कायम गरिएको मूल्य कार्यान्वयन गराउन सबैमा अनुरोध छ । fish
संघले पोखरीमा माछाको थोक दरभाउ बारे जानकारी गराईएको छ । दरभाउ अनुसार सिल्भर, विगहेड र छडीको मूल्य प्रति केजी २ सय ३० रुपैया कायम गरिएको छ । यस्तै बजारको खुद्रा मूल्य भने प्रति केजी ३ सय १० रुपैया कायम गरिएको छ । यसैगरी रहु, नैनी, कमन, ग्रासको मूल्य ५ सय ग्राम भन्दा ठूलोको प्रति केजी २ सय ६० रुपैया कायम गरिएको छ । यसको बजारको खुद्रा मूल्य भने प्रति केजी ३ सय ५० रुपैया कायम भएको छ । चितवनमा उत्पादित माछाले करिब ९० प्रतिशत बजार लिएको छ । भने बाँकी १० प्रतिशत माछा बाहिरबाट आउने गरेको छ ।
२ हजार बढी भन्दा धेरै माछा पोखरी चितवनमा रहेका छन् भने बार्षिक ५ हजार मेट्रिकटन भन्दा बढि माछा उत्पादन हुंदै आएको नेपाल मत्स्य व्यवसायी संघ चितवनले जनाएको छ । जिल्लामा करिब १ हजार १ सय ७३ भन्दा बढि किसानहरुले माछा पालन गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published.