प्रहरीलाई अभिमुखीकरण

चितवन, असार १३ । सुर्तीजन्य पदार्थ उत्पादन,विक्री वितरण तथा उपभोग सम्वन्धी ऐन नियम कानुन बारे रत्ननगरमा प्रहरीलाई प्रशिक्षण दिईएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयको आयोजनामा इलाका प्रहरी कार्यालय रत्ननगर,खैरहनी र भण्डाराका प्रहरीलाई प्रशिक्षण दिईएको हो । कार्यक्रममा कार्यालयका जनस्वास्थ्य निरीक्षक अनुप अधिकारीले सुर्तीजन्य पदार्थ हानी,ऐन कानुनका बारे प्रशिक्षण दिएका थिए । सो अवसरमा इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी जयराज सापकोटाले रत्ननगरमा विभिन्न सघसंस्थाको सयुक्त आयोजनामा सार्वजनिक स्थानलाई धुम्रपानरहित नगर वनाउने संचालन गरिएको अभियानका बारे जानकारी गराएका थिए ।

Leave a Reply

Your email address will not be published.