उखु उत्पादक कृषकलाई अनुदान रकम बितरण

दयाराम आचार्य
नवलपरासी,१३ असार । कृषि बिकास कार्यालय नवलपररासीले उखु किसानहरुलाई अनुदान बितरण सुरु गरेको छ । आर्थिक बर्ष २०७०÷०७१ मा सरकारले निर्धारण गरेको ४६१ रुपैया प्रति क्विन्टल मुल्य पाउनुपर्नेमा किसानहरुलाई उखु कारखानाले ४३६ रुपैया प्रति क्विन्टलका दरले भुक्तनी दिएपछि प्रति क्विन्टलमा २५ रुपयाको फरक परेको भन्दै उखु उत्पादक कृषक समिति नवलपरासीले बिरोध जनाउदै आएको थियो । सरकारले निर्धारण गरेको मुल्य मिल संचालकहरुले भुक्तानी दिन अस्विकार गरेपछि किसानहरु मर्कामा परेका थिए । नेपाल सरकारले फरक परेको उखुको मुल्य किसानहरुलाई एक पटकलाई अनुदान स्वरुप उपलब्ध गराउने निर्णय गरेपछि किसानहरुलाई रकम बितरण सुरु गरिएको प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताउनुभएको छ। सरकारबाट अनुदान स्वरुप बितरण हुने रकमका लागि अहिले बल्ल अख्तियारी आएकोले ठुलो किसानहरुलाई बैंक मार्फत र साना किसानहरुलाई नगद रकम भुक्तानी गरिएको कृषि बिकास कार्यालय नवलपरासीका प्रमुख तेजनारायण गैरेले बताउनुभएको छ ।
सरकारले अनुदान स्वरुप प्रदान गरेको रकम बिचौलिया र दलालको हातमा नपरि सोझै बास्तविक किसाहरुको हातमा पुगोस भन्ने उद्देश्यले बैंक मार्फत किसानलाई रकम बितरण गर्न लागिएको उखु उत्पादक कृषक समिति नवलपरासीका अध्यक्ष उमेश चन्द्र यादवले बताउनुभएको छ ।
सरकारले उखु किसानहरुलाई ५ करोड ६२ लाख ५० हजार अनुदान स्वरुप उपलब्ध गराएपछि किसानहरु उत्साहित भएका छन् ।

Leave a Reply

Your email address will not be published.