जेष्ठ नागरीक सम्मान

रत्ननगर, असार १३  । रत्ननगर नगरपालिका वडा नम्वर ३ का ४६ जना जेष्ठ नागरीकलाई सम्मान गरिएको छ । स्थानिय मुक्तेश्वर टोल विकास संस्थाले वडा कार्यालयको सहयोगमा सोमवार एक कार्यक्रमकाबीच उनीहरुलाई सम्मान गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथी रहेका रत्ननगर नगरपालिकाका लेखा शाखा अधिकृत सिताराम पोखरेलले ८० वर्ष नाघेका वृद्धवृद्धालाई सम्मान गरे ।

प्रमुख अतिथी पोखरेलले उनीहरुलाई सम्मान पत्र प्रदान गर्दै ग्लुकोज र फलफुल समेत वितरण गरेका थिए । जेष्ठ नागरीक लक्षित कार्यक्रम अन्र्तगत वडा नम्वर ३ का ४६ जनालाई सम्मान गरिएको सामाजिक परिचालक रमिला खड्काले जानकारी दिईन् ।

टोल विकास संस्थाका अध्यक्ष कृष्णकुमार अधिकारीको अध्यक्षतामा भएको सो कार्यक्रममा वडा नागरीक मंचकी संयोजक मीना गिरी, टोल विकास संस्था वडा समन्वय समिति संयोजक शिला आचार्य लगायतले मन्तव्य राखेका थिए ।

 

Leave a Reply

Your email address will not be published.