तारापुञ्ज सहकारीद्धारा रक्तदान

भरतपुर ११ असार । चितवनको भरतपुर हाकिमचोकमा रहेको तारापुञ्ज बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा शनिबार रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । संस्थाको कार्यालय परिसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा भरतपुर क्षेत्रका ५० जना रक्तदाताहरुले रगत दान गर्नुभएको थियो । 13499481_1253207024697108_2062785127_o५ सय ४६ जना शेयर सदस्य रहेको तारापुञ्ज सहकारीको सामाजिक उत्तरदायित्व अन्र्तगत रक्तदान कार्यक्रमको आयोजना गरिएको सचिव रेगन पन्तले जानकारी दिनुभयो । बर्षादको समयमा अधिकाशं सर्वसाधारण खेतीकिसानीमा व्यस्त रहदा रगत दान गर्नेहरु अत्यन्त कम भई अस्पतालहरुमा रगतको अभाव हुने भएकोले रक्तदानका लागि यही समय रोजेको सहकारीका अध्यक्ष हरीप्रसाद गैह्ेले वताउनुभयो । कार्यक्रम सस्थापक अध्यक्ष एवम् सल्लाहकार गोवद्र्धन गौलीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । सहकारीले विभिन्न समुदायमा छात्रवृत्ति प्रदान गर्नुका साथै शेयर सदस्यहरुका लागि सहकारी प्रशिक्षण,अभिमुखीकरण कार्यक्रम र अवलोकन भ्रमणहरु गराउदै आएको छ ।

Leave a Reply

Your email address will not be published.