माथिल्लो कर्णाली बचाउन युवाहरुको माग (तस्बिर कथा)

vlcsnap-2016-06-24-16h20m21s181

चितवन, १० असार । माथिल्लो कर्णाली बचाउ अभियानलाई साथ दिनको लागि चितवनका युवाहरु समेत जुटेका छन् ।
karnali 3

फेसबुकमा मेन रुम्स रिलोडेड (एमआरआर) र बुमन रुम्स रिलोडेड (डब्लुआरआर) पेज सञ्चालन गर्दै सामाजिक क्षेत्रमा अगाडि बढेका युवाहरुले कर्णाली बचाउ अभियानका लागि शुक्रबार चितवनको भरतपुरमा प्रदर्शन गरे । चितवनका युवाहरुले भरतपुरको चौबिसकोठी चोक र जिल्ला प्रशासन कार्यालय अगाडि मौन रुपमा ब्यानर प्रदर्शन गर्दै माथिल्लो कर्णाली जलविद्युत परियोजना खारेजीको लागि दबाब दिएका हुन् ।
karnali

भारतीय बहुराष्ट्रिय कम्पनी जीएमआरसँग भएको सम्झौता पीडीए खारेजीका लागि दबाब दिन आफूहरुले चितवनमा पनि अभियान सुरु एमआरआरका जनक कार्कीले बताए । फेसबुकमा सक्रिय रहेका चितवनका २९ जना युवाहरुले विभिन्न प्लेकार्ड, ब्यानर सहित कर्णाली सम्झौता विरुद्ध मौन प्रदर्शन गरेका हुन् ।
karnali 2

माथिल्लो कर्णाली परियोजना सम्झौता देशहितमा नभइ राष्ट्रघाती भएकाले त्यसलाई खारेज गरी नयाँ ढंगबाट परियोजनाको काम अगाडि बढाउनुपर्ने डब्लुआरआर चितवनकी सुधा ढुंगानाले बताइन् । भारतीय बहुराष्ट्रिय कम्पनी जीएमआरसँगको पीडीए सम्झौता खारेजीको लागि आफूहरुले आगामी दिनमा चितवनका अन्य संघसंस्थासँग सहकार्य गरेर अगाडि बढ्ने युवाहरुको भनाइ रहेको छ ।
karnali 4

विरोधमा उत्रिएका युवाहरुले नदी बेच्न पाइदैन भारतीय हस्तक्षप चाहिदैन, जाग जनता जाग कर्णाली बचाउन जाग, बरु पानी धेरै भयो भने ढुबेर मर्न तयार छौँ तर कर्णालीको पानी बेच्न दिँदैनौ देखिएका प्लेकार्डहरु बोकेका लिए ।

karnali 1

(तस्बिर : आनन्द पोखरेल)

Leave a Reply

Your email address will not be published.