चितवनमा ७ सय ८० जना द्वन्द्व पीडितका उजुरी

चितवन,१० असार । स्थानीय शान्ति समिति चितवनमा द्वन्द्वकालमा पीडित भएको भन्दै ७ सय ८० जनाले उजुरी दर्ता गराएका छन्। जसमध्ये सत्य निरुपण तथा मेलमिलाप आयोगमा ७३६ र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा ४४ जनाको उजुरी परेका छन्।

स्थानीय शान्ति समितिमा उजुरी दिँदै चेतनारायण
स्थानीय शान्ति समितिमा उजुरी दिँदै चेतनारायण
समितिकी सचिव लक्ष्मी गौतमका अनुसार अहिलेसम्म सत्य निरुपण तथा मेलमिलाप आयोगमा २२० जना र बेपत्ता पारिएका व्यक्ति छानबिन आयोगमा ३१ जना महिलाले उजुरी दिएका छन्।
जिल्लामा सरकारीले निश्चित गरेको तथ्याङ्कअनुसार द्वन्द्वकालमा ३३८ जना मारिएका छन्। जसमध्ये राज्य पक्षबाट १३७ जना र विद्रोहीबाट १५३ जना मारिएका छन्। त्यसैगरी बेपत्ता भएकाको सङ्ख्या ३८ जना छ। जसमा राज्य पक्षबाट ३६ जना, विद्रोही पक्षबाट एक जना र नखुलेको एक जना रहेका छन्।

 

Leave a Reply

Your email address will not be published.