मुग्लिन नारयणगढ सडक खण्ड अहिले पुर्ण रुपमा अवरुद्ध हुदा हजारौ यात्रुहरु अलपत्र (तस्वीरसहित)

विनोद श्रेष्ठ
चितवन असार ९ । राति ८ जबे खसेको पहिरोको कारण मुग्लिन नारयणगढ सडक खण्ड अहिले पुर्ण रुपमा अवरुद्ध हुदा हजारौ यात्रुहरु अलपत्र परेका छन् । मुग्लिन देखि ४ किलोमिटरको दुरीमा खसेको पहिरो हटाउन २ वटा डोजर र एक वटा स्काभेटरको प्रयोग गरिएको छ । पहिरो राति ८ बजे खसेको भएतापनि पहिरो खसिरहेको कारण विहान करिब ५ बजे मात्र पहिरो हटाउन शुरु गरिएको हो । पहिरो हटाउन अझै कति समय लाग्छ त्यो भन्न नसकिने इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक योगेन्द्र हमालले जनाउनुभएको छ ।
पहिरोका कारण यात्रुहरु दोहोरो मारमा परेका छन् । उनीहरु घण्टौ जाममा बस्नुपर्ने बाध्यता छ भने अर्कातिर खानेकुरा किन्दा ४ गुण बढी पैसा तिर्नु परेको छ । एक बोतल पानीको ५०, एक पोका चाउचाउको ४० रुपैयामा विक्री गरेर यात्रुहरुलाई ठगीरहेका छन् यस तर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्ने देखिन्छ ।
त्यस्तै हामी विहान पहिरो खसेको ठाउमा जाने क्रममा सयौ यात्रुहरु सडकका पेटीहरुमै सुतिरहेको देखिन्थ्यो भने विरामी बोकेका एम्बुलेन्सहरु जाममा फसेका थिए ।
यसरी पहिरो गएको १० घण्टा विती सक्दा पनि पहिरो हटाउन नसक्नु र यसको विकल्पको उपाय नखोज्नु पक्कै पनि सरकारको गैरजिम्मेवारपन देखिन्छ ।