एमालेमय रत्ननगर बनाउन एकतावद्ध बनौं : घिमिरे

 

बद्रीनाथ घिमिरे पूर्वी चितवनका एक कुशल रसमाजसेवीसगै राजनितिज्ञ पनि हुन् । विद्यार्थी जीवनदेखी नै कम्युनिष्ट विचार धारामा रही गाउँका किसान मजदुरहरु र विपन्न वर्गका जनताहरु सँग आबद्ध भई काम गर्दै नेपाल सरकारको निजामती क्षेत्रमा नोकरी गर्दा समेत नेपाल निजामती कर्मचारी संगठनमा आबद्धता तथा चितवन जिल्लाको संगठन निर्माणमा योगदान गर्दै जादा २०४८ सालको कर्मचारी आन्दोलनमा सकृय भाग लिए बापत पूर्वी चितवनको १ मात्र जागीर गुमाउने कर्मचारी बद्रीनाथ घिमिरे ।91dfd3b5-6543-4098-a39c-fb6a86dbb7c8
नोकरी गुमाउदा ६ महिना निलम्बन, तत्पश्चात ९ महिना जिल्ला प्रशासन कार्यालयद्वारा विशेष अनुसन्धान दैनिक तारिखमा हाजिर र २०४९ असोजमा नोकरीबाट अवकास ।
अवकाश पछि न्यायालयमा न्यायका लागि मुद्दा दायर २०५२ फाल्गुण १७ पुर्नर वाहली को आदालतबाट ठहर । नोकरीमा रहदा नेपाल निजामति कर्मचारी संगठनको सचिव, कर्मचारी फ्क्सन सचिव, संसदिय निर्वाचन २०५६को निर्वाचन परिचालन कमिटी कर्मचारी युनिट आर्थिक कमिटी संयोजक, २०५४को स्थानिय निर्वाचनमा आफू कार्यरत गा.वि.स.मा ४७ सिट नेकपा एमाले र्निविरोध बनाउन सफल २०५७ माघबाट ना.सु. पदबाट सेवा निवृत्त । सरकारी सेवामा करिब २३ बर्षको कार्य अनुभव
सुर्योदय व्यापार समूहको संस्थापक शेयर सदस्य ५ जना मध्ये १, व्यापारमा १० बर्षको अनुभव व्यापारमा रहदा पनि राजनितिक गतिविधिमा सकृय सहभागिता रही विगत ६ बर्ष देखी नेकपा एमाले क्षेत्र नं. २ क्षेत्रिय कमिटी सचिवालय सदस्य हाल नेकपा एमाले रत्ननगर ईलाका कमिटीको ७ औं अधिवेशनबाट निर्वाचित नगर अध्यक्ष भए । यसैसन्र्दभमा रहेर गरिएको कुराकानीको मुखय अंशहरु :

प्रश्न : एमाले रत्ननगरको नगर अध्यक्षमा विजयी हुदा कस्तो लागिरहेको छ ?
उत्तर : अब अफूले ठूलो जिम्मेवारी प्राप्त गरेको महशुस भएको छ ।
प्रश्न : एमाले रत्ननगरको सातौ अधिवेशनमा गुटको राजनिती भयो भन्ने आरोप छ नी ?
उत्तर : यो आरोप एमाले विधान अध्ययन गरी सेकेका कमरेडहरुले लगाउदै लगाउदैनन् अरुको आरोप सँग हामीलाई वास्ताछैन ।
प्रश्न : अब एमाले रत्ननगरको कसरी अगाडी बढ्छ ?
उत्तर : रत्ननगर नगरकमिटी पहिलापनि बढेकै हो अब कुन गतिमा बढ्छ त्यो मात्रै फरकहो यो पार्टी जस्तोसकै अवस्थामा पनि अगाडी बढीरहने पार्टी हो ।
प्रश्न : कस्ता योजनाहरु तपाई सँग छ ?
उत्तर   : पार्टी चलाउने योजना म सँग छ । साथ साथीहरुको, चाहिन्छ भिजन एमालेको, मिसन कार्यकर्ताहरुको ।
प्रश्न : योजना कार्यन्वयन गर्न एमाले रत्ननगरले के–के काम गर्छ ?
उत्तर : योजना कार्यान्वयन गर्न एमालेले सर्वप्रथम जनता सँग सरोकारको प्रतक्ष्य योजना पहिलो, प्राथमिकताको दोश्रो, कार्यन्वयन तेश्रो, सुररिवेक्षण र मुल्याङ्कन चौथो, यी ४ कुरामा ध्यान दिनेछ ।
प्रश्न : अन्य दलहरुको सम्बन्धलाई कसरी अगाडी बढाउने योजनामा हुनुहुन्छ ?
उत्तर : अन्य दलहरुको सम्बन्धमा उहाँहरु कसरी प्रस्तुत हुनुहुन्छ त्यही आधारमा आफ्नो पार्टीको छवी नबिग्रनेगरी विकाश निर्माणका काममा एकताबद्ध भई अगाडी बढ्नेछ ।
प्रश्न : भावी रणनिती के–के छ ?
उत्तर : भावी रणनितिमा पार्टीलाई अग्रगमनमा लागनको लागि जनताको जनजिविका, विकाश निर्माण, सुशासन जस्ता विषयहरुमा बढी भन्दा बढी ध्यान दिई काम गर्दै स्थानिय निर्वाचनमा बढीभन्दा बढी जनप्रतिनिधिहरुलाई विजयी गराउने तर्फको रणनिति निर्माण गरिनेछ ।
प्रश्न : आम नगरवासी एमालेकर्मीलाई के भन्नुहुन्छ ?
उत्तर : आम नगरवासीलाई म के भन्न चाहन्छु भने अब यो देशमा स्थाई सरकार जनउत्तरदायी सरकार जनताहरु प्रति सदैव चिन्तित रहि रहने स्थाई रुपको पार्टी नेकपा एमाले भएकोले अब निकट भविष्यमा हुने स्थानिय निर्वाचनमा एमालोलाई विजयी गराउने तर्फ सबै नगरवासी लाग्नुहोस् एमालेका कार्यकर्तालार्य यो वा त्यो भ नभनिकन हामी सबै भन्ने शब्द प्रयोग गरी विचारमा अनेकता भएपनि पार्टी काममा एकता प्रदर्शन गर्न सबैमा अनुरोध गर्दछु ।

Leave a Reply

Your email address will not be published.