चितवनमा ११ महिनामा ७० जनाले ज्यान गुमाए

चितवन, ०९ असार । चितवनमा ११ महिनाको अवधिमा सावारी दुर्घछनामा परी ७० जना मानिसले ज्यान गुमाएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार गगएको असार देखि जेठ मसान्तसम्म भएको एक सय ३९ वटा सावारी दुर्घटनामा परी ७० जनाले जयान गुमाएका हुन् ।
कार्यालयका प्रमुख राजन भेटवालका अनुसार चैत महिनामा सबैभन्दा बढी दुर्घटना भएकोमा कात्तिक महिनामा सबैभन्दा धेरै १० जनाको ज्यान गएका थिए । checking photo
चालु आर्थिक वर्ष २०७२÷०७३ को ११ महिनाको अवधिमा माघ महिनामा सबैभन्दा थोरै पाँच वटा सवारी साधन दुर्घटनामा परि पाँच जना व्यक्तिले ज्यान गुमाएका थिए । यस अघिल्लो वर्षभन्दा यस वर्ष सवारी दुर्घटनामा कमी आउनुमा ट्राफिक शिक्षा उपयोगी भएको भेटवाले बताए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी नायब निरीक्षक कृष्ण ठकुरीले पछिल्लो समय ट्राफिक प्रहरीले नारायणगढ बजारलाई व्यवस्थित बनाउन तर्फ पहल गरिरहेको बताए । असार १० गतेदेखि लागू गर्ने गरि लामो दूरीका सवारी साधनहरु केन्द्रीय बसपार्कमा पस्नुपर्ने बाध्यकारी व्यवस्था बनाएको ठकुरीको भनाइ छ । यद्यपि पश्चिमबाट काठमाडौँ र पोखरा जाने बस पुलचोकबाट पोखरा बसपार्क हुँदै सोझै जान पाउने ठकुरीले बताए । ट्राफिक प्रहरीले सवारी साधनलाई व्यवस्थित गर्नका लागि सडकमा पूर्वाधारहरु निर्माणमा जोड दिएको छ ।

Leave a Reply

Your email address will not be published.