खाडीबाट फर्किएर गाई पालनमा जम्दै दुई भाइ

आनन्द पोखरेल
चितवन, ०९ असार । मिहेनतका साथ काम गर्न सकेको खण्डमा पैसा कमाउनकै लागि विदेश जानुपर्दैन भन्ने उदाहरण धेरै नेपाली युवाहरुले देखाइसकेका छन् । विदेशबाट फर्किएका युवाहरुले स्वदेशमा नै केही गरौँ भन्ने उद्देश्यका साथ आफ्नो व्यवसायलाई अगाडि बढाउँदै आएका छन् ।cfa1e9d4-7d98-400c-98f4-879756d6cce5
पूर्वी चितवनको राप्ती नगरपालिका वडा नम्बर ५ का ३८ वर्षीय नेत्रमणि दनाई पाँच वर्ष खाडी मुलुकमा बसेर आए । उनी भन्छन्, –‘म ५७ सालतिर साउदीमा गएर लेबरको काम गर्ने गरेको थिएँ, पाँच वर्ष साउदीमा बसेपछि नेपाल फर्किएँ ।’ नेत्रमणि नेपाल फर्किए लगत्तै उनका भाइ समेत साउदी गए ।
३३ वर्षीय निलकान्त दानाई पनि पाँच वर्ष साउदी बसेर २०६८ सालमा नेपल फर्किए । भाइ फर्किएपछि नेत्रमणिले दाजु भाइ नेपालमा नै बसेर स्वरोगार बन्ने योजना गराएको बताए । ‘कति अरुको देशमा गएर श्रम र पसिना बेच्नु ?’ नेत्रमणिले भने, –‘बरु आफ्नै देशमा केही गरौँ भनेर गाई फार्म सञ्चालन गर्ने योजना बनायौँ ।’
पहिले घरखर्चीको लागि दुई चार वटा गाई पाल्दै आएका दनई परिवारले व्यावसायिक रुपमा गाई पालन गर्ने योजना सहित २०६९ सालमा गाई फार्म सञ्चालन गरे । सुरुमा १० वटा गाईबाट व्यवसाय सञ्चालन गरेका दनई परिवारसँग अहिले साना ठूला गरि ३८ वटा गाई छन् । राप्ती नगरपालिकाको वडा नम्बर ७ मा ‘दनाइ गाई पालन व्यावसायिक फार्म’ सञ्चालन गरेका दाजुभाइले अहिले मासिक दुई लाख रुपैयाँ भन्दा बढी आम्दनी गर्ने गरेका छन् ।
अहिले दैनिक रुपमा दुई सय लिटर दूध उत्पादन गर्दै आएको नेत्रमणिको भनाइ छ । ‘दैनिक दुई सय लिटर दूध उत्पादन हुन्छ’ नेत्रमणिले भने, –‘नजिकैको भण्डारा दुग्ध उत्पादक सहकारी संस्थामा लगेर बेच्ने गरेको छु ।’ व्यावसायिक गाई पालनबाट मासिक रुपमा दुई लाख रुपैयाँ भन्दा बढी आम्दानी गर्ने गरेको नेत्रमणिले बताए ।
गाई पालनबाट पूर्ण रुपमा सन्तुष्ट रहेको नेत्रमणिको भनाइ छ । ‘त्यो बेलामा खाडीमा २० हजार रुपैयाँ जति कमाई हुन्थ्यो’ नेत्रमणिले भने, –‘अहिले खर्च कटाएर महिनामा कम्तिमा पनि एक लाख रुपैयाँ बचत हुन्छ ।’ दनाई गाई पालन व्यवसायमा अहिलेमा २२ वटा माउ गाई र १६ वटा बहर तथा बाच्छी रहेको नेत्रमणिले बताए ।
आफ्नो गाई फार्ममा बाहिरी कामदार नराखेको भएपनि आफ्नी श्रीमती र दुई वटी भाञ्जीहरुले सघाउने गरेको नेत्रमणिले बताए । ‘भाइ र म त सधैँ पालैपाले गाईको स्याहार सुसारमा नै दिन बिताउछौँ’ नेत्रमणिले भने, –‘भाञ्जीहरु कलेजबाट फर्किपछि सघाउँछन् र मेरी श्रीमतीले पनि सघाउने गरेकी छिन् । अहिले दनाई गाई फार्ममा होलिस्टेन, जर्सी र मिनि जर्सी जातका गाईहरु रहेका छन् ।
गाई फार्म सञ्चालनका लागि अहिलेसम्म ३० लाख रुपैयाँ लगानी गरेको नेत्रमणि बताउँछन् । सुरुमा लगानी गर्ने बेलामा केही रकम कृषि विकास बैंकबाट ऋण समेत लिएर व्यवसाय सुरु गरेकोमा अहिले सबै ऋण तिरेर सकिएको नेत्रमणिको भनाइ छ ।
पछिल्लो समय युवाहरु विदेशीने क्रम बढ्दै गएको प्रति नेत्रमणि भन्छन्, –‘लगनशील भएर यहीँ काम गर्न सकियो भने विदेश जानु पर्दैन, काम गर्नको लागि जोश र जाँगर भने आवश्यक छ ।’ दनाई गाई फार्म यस वर्ष जिल्ला पशु सेवा कार्यालयबाट उत्कृष्ट गाई फार्मको सूचिमा परेको छ । चितवनको उत्कृष्ट १० वटा मझौला गाई फार्ममम पर्न सफल भएको दनाई गाई फार्मले पशु सेवा कार्यालयबाट दुई लाख रुपैयाँ अनुदान समेत पाउने भएको छ ।
अनुदानको रकमलाई नेत्रमणिले गोठ बिस्तार गर्दै गाई व्यवस्थापनमा खर्च गर्ने बताउँछन् ।
सडकमा अवरोध हटाउन संयुक्त सुरक्षा फोर्स
चितवन । दैनिक जसो जामहुने मुग्लीन नारायणगढ सडकमा अब सुरक्षा फोर्स परिचालन हुने भएको छ ।
विगत लामो समयदेखि जारी सडक विस्तारका कारण अबरोध र बाढी पहिरोको जोखिम बढेकाले जिल्ला सुरक्षा समिति मार्फत संयुक्त सुरक्षा फोर्स स्थापना गरी सडकमा हुने सबैखाले अबरोध हटाईन लागेको हो ।
जिल्ला स्थित जनपद प्रहरी र ससस्त्र सिमा सुरक्षा बल आँपटारीको संयुक्त सुरक्षा फोर्स परिचालन गरी अबरोध हटाउने कार्य शुरु हुन लागेको जिल्ला सुरक्षा समिति चितवनले जनाएको छ ।
पटकपटक सडकजाम, बाढी पहिरोले गर्दा योसडकमा यात्रुहरुले समस्या खेप्दै आएका थिए, चितवनका प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक बसन्त बहादुर कुँवरले भने, अब तत्कालै त्यस्ता अबरोध हटाई पुर्णरुपमा सडक सुचारु गर्न संयुक्त सुरक्षा फोर्स सुरक्षा समितिको निर्यय अनुसार स्थापना गर्न लागिएको हो ।
आगामी २ महिनासम्म सो क्षेत्रमा रहने संयुक्त सुरषा फोर्समा जनपद प्रहरीका ११ जना र ससस्त्रका १३ जना प्रहरीहरु खटिने कँुवरले बताए ।
ससस्त्र प्रहरीको प्रहरी नायव निरिक्षकको नेतृत्वमा र जनपद प्रहरीको प्रहरी सहायक निरिक्षक कमल विकको नेतृत्वमा टोली खटाईने समितिले जनाएको छ ।
सबैभन्दा अबरोध हुने सडक खण्डको सिमलतालमा स्थापना हुने फोर्सको लागी जनपद प्रहरीका प्रहरी सहायक निरिक्षक कमल विकको नेतृत्वमा ११ जनाको टोली सो क्षेत्रमा खटिएको कुँवरले बताए ।
जनताले सहज रुपमा यात्रा गर्न पाउने अधिकारलाई स्थापित गर्न जनपद र ससस्त्रप्रहरी मिलेर संयुक्त फोर्सले यात्रुलाई सहज हुने सिमा सुरक्षा कार्यालय चितवनका प्रमुख एवं ससस्त्र प्रहरी उपरिक्षक विदुर खड्काले बताए । यस अघि यहि असार १ गतेदेखि भने उक्त सडक बन्द नहुने बताउदै आईएको छ । भने अहिले दिउँसो ११ बजेदेखि ३ बजेसम्म यातायात पूर्ण बन्द गरेर काम हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published.