देश भरी सञ्चालनमा भएको ट्राफिक सप्ताहको समीक्षा  

चितवन, असार ०८ । नेपाल रेडक्रस सोसाईटी र नेपाल प्रहरीले संयुक्त रुपमा संचालन गरेको ट्राफिक सप्ताह २०७३ को बारेमा बुधबार नारायणगढमा समिक्षा गरिएको छ । नेपाल रेडक्रस सोसाईटी र नेपाल प्रहरीले संयुक्त रुपमा गत बैशाख २६ देखि जेठ १ गतेसम्म देशका विभिन्न १४ वटा जिल्लाहरुमा ट्राफिक सप्ताह २०७३ संचालन गरेको थियो । कार्यक्रम संचालन भएका जिल्लाहरुमा काठमाण्डौं, भक्तपुर, ललितपुर, चितवन, कास्की, मकवानपुर, पर्सा, धनुषा, मोरङ, झापा, सप्तरी, रुपन्देही, बाके र धनगढी रहेका थिए । कार्यक्रममा सहभागी देशभरका १४ वटा जिल्लाका ट्राफिक प्रमुखहरुले आफुहरुको जिल्लामा ट्रफिक सप्ताहको कार्यक्रम प्रभावकारी रुपमा संचालन भएको बताएका थिए । उनीहरुले ट्राफिक सप्ताह कार्यक्रमले सर्वसाधारणको चेतना बढाउन उल्लेख्य भूमिका निर्वाह गरेको बताएका थिए । कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा चितवनका सभापति ज्ञानशाली न्यौपानेले ट्राफिक सप्ताहको कार्यक्रम चितवनमा समेत प्रभावकारी रुपमा संचालन भएको बताए । कार्यक्रममा नेपाल रेडक्रस सोसाईटीका केन्द्रिय सभापति संजिव कुमार थापाले रेडक्रससंगको सहकार्यमा संचालन गरिएको ट्राफिक सप्ताहको कार्यक्रमले आम जनमानसमा सकारात्मक भूमिका खेलेको बताए । ट्राफिक सप्ताह सञ्चालन भएको सबै ठाउँमा कार्यक्रम सफल रुपमा संचालन भएको थापाले बताए । बुधवारको समिक्षात्मक कार्यक्रममा नेपाल रेडक्रस सोसाईटीका कार्यकारी निर्देशक ईन्द्र बहादुर केसी, उपमहामन्त्री हरि प्रसाद न्यौपाने, मध्य क्षेत्र, पश्चिम क्षेत्र र सुदुर क्षेत्रका क्षेत्रिय ट्राफिक प्रमुखहरुको समेतको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published.