लागुऔषध सहित दुईजना पक्राउ

दयाराम आचार्य
नवलपरासी,असार ८ । नवलपरासीको बैदौली गाविस ९ बसहिया बाट लागुऔषध सहित प्रहरील दुईजना लाई नियन्त्रणमा लिएको छ ।
ईलाका प्रहरी कार्यलय बेलाटारीका प्रहरी निरीक्षक महेश्वर उपाध्यायले दिएको जानकारी अनुसार भारतबाट लुकाई छिपाई ल्याईराखेको अवस्थामा प्रहरीले जाच गर्ने क्रममा दुईजनालाई लागुऔषध सहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा दाउन्नेदेवी गाविस ३ कुकुरमारका ३० बर्षका पंकज गुरु¨ र दुम्किबास १ का बर्ष ३० का राजेश गुरु¨ रहेका छन । प्रहरीले उनिहरुको साथबाट १५ थान कोरेक्स, ६० क्याप्सुल नाईट्रोभेट, १सय ६० क्याप्सुल स्पास्मो बराबद गरेको छ ।
पक्राउ परेका दुवैजनालाई आवश्यक कार्वाहीका लागि ईलाका प्रहरी कार्यलय बेलाटारीमा राखीएको उपाध्यायले बताए ।

Leave a Reply

Your email address will not be published.