बम आक्रमणमा ज्यान गुमाएका १२ नेपालीको शव काठमाडौं ल्याइयो

काठमाडौं, ०८ असार । अफगानिस्तानको काबुलमा भएको आत्मघाती बम आक्रमणमा ज्यान गुमाएका १२ नेपालीको शव काठमाडौं ल्याइएको छ । गएको सोमबार बिहान भएको बम आक्रमणमा ज्यान गुमाएकाको शव काठमाडौंमा परिवारलाई बुझाइएको छ । नेपाल वायु सेवा निगमको चार्टर विमानले ज्यान गुमाएका नेपालीको शव नेपाल ल्याएको हो ।Kabul-attack-Nepalese-Deadbody-in-Airport-3

ज्यान गुमाएकाको शव बुझ्न त्रिभुवन विमानस्थलमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले मृतकप्रति श्रद्धान्जली व्यक्त गरे । ओलीले यो घटनालाई कायरतापूर्ण भन्दै निर्दोष नेपालीले ज्यान गुमाउनुपरेको भन्दै दुःख व्यक्त गरेका छ । प्रधानमन्त्रीसँगै उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा, गृहमन्त्री शक्ति बस्नेत, श्रममन्त्री दिपक बोहोरा, पर्यटनमन्त्री आनन्द पोखरेल लगायतले विमानस्थल पुगेर मृतकप्रति श्रद्धान्जली व्यक्त गरेका छन् ।

बुधबार बिहान ३ बजे मेडिकल टोलीसहित नेपाली सेनाका चार जना, नेपाल प्रहरीका तीन जना, गृह मन्त्रालयका एक जना, परराष्ट्र मन्त्रालयका एक जना र वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका एक जना नेपाल वायु सेवा निगमको विमान चार्टर गरेर अफगानिस्तान गएका थिए । विमानमा १४ जना नेपाली पनि स्वदेश फर्किएका छन् ।

शव लिन गएको नेपाल एयरलाइन्सको चार्टर विमानमा १४ जना नेपाली स्वदेश फर्किएका वायु सेवा निगमका फ्लाइट अप्रेसन अधिकृत एसपी अधिकारीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.