घरबाट विदा भएको १९ दिनमै कावुल अक्रमणमा मारिए चितवनका ढुंगाना

चितवन, असार ७ । अफगानिस्तानको काबुलमा आत्मधाती विस्फोटमा परी खैरहनी १ बहेरीका कृष्ण बहादुर ढुंगाना मारिएपछि परिवार र गाउँ नै शोकमा डुवेको छ । परिवारका सबै सदस्य अचेत अबस्थामा रहेका छन । गाउँलेहरु शोकमा डुवेका छन ।

गाउँमा सन्नाटा छाएको छ । ढुङगाना २०६९ सालमा बैदैशिक रोजगारीको लागि भारत हुदै अफगानिस्तान जानुभएको थियो । उहापछिल्लो पटक जेठ १५ गते अफगानिस्त फकिनुभएको थियो ।13432186_1166090140118670_1786132536494812648_n

घरबाट विदा भएको १९ दिनमै परिवारले मृत्यूको खबर सुन्नु परयो ।

८१ बर्षीय हजारबुवा होमनाथ ढंगाना,८३ बर्षीय हजुर आमा जानुका ढुंगाना,बुवा उत्तर कुमार ढुंगाना आमा विन्दा देवी ढुंगाना र श्रीमति भगवती ढुंगाना अचेत अबस्थामा छन ।

आमा,हजुर आमा र श्रीमति कतिखेर बेहोस हुने र कति खेर होसमा आउने गरेको मृतक कृष्णका मामा हिमनाथ न्योपानेले बताउनुभयो ।

परिवार सम्हाल्ने मुश्किल छ, उहाले भन्नुभयो, सबैको हातल नाजुक भईसक्यो । पछिल्लो पटक घर आउदा कृष्णलाई परिवारले अफगानिस्तानमा खतरा भन्दै नजान आग्रह गरेका थिए ।
काल आए जहा पनि मरिन्छ भनेर गयो कृष्णका बुवा उत्तर कुमारले भन्नुभयो, दैबले हामी सबैको खुसी लुट्यो ’।

आफु मर्ने बेलामा छोराको लास देख्नु पर्यो,यस्तो नियति कसैले भोग्न नपरोस विछिप्त अवस्थामा रहेका बुवा उत्तरकुमारले भने वैदेशिक रोजगारीले हाम्रो सबै लुट्यो ।

कष्णका ३ बर्षीय एक छोरा, ४ बर्षीया एक छोरी र श्रीमति छन । चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बसन्त बहादुर कुँवरले कृष्णको शवलाई चितवन ल्याउने तयारी भईरहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published.