रत्ननगरका दुई वटा मेडिकल बन्द

चितवन, असार ७ । विना अनुमती संचालनमा रहेका रत्ननगरका दुई वटा मेडिकल बन्द गरिएको छ । जिल्ला प्रसासन कार्यालय र जिल्ला जनस्वास्थ्य कार्यालयको टोलीले गरेको अनुगमनका क्रममा ती मेडिकलले अनुमति नलिएको पाईएपछि बन्द गरिएको हो ।

रत्ननगरको क्षितित डेण्टल केयर,चित्रसेन हेल्थ क्लिनिक बन्द गराईएको जिल्ला प्रसासन कार्यालय चितवनका वजार संरक्षण अधिकृत ओम नारायण शर्माले जानकारी दिए ।

अनुमति नलिई पशु पंछिको ल्यावको काम गर्दैै आएको रत्ननगरकै नेपाल भेटेरेनरी कन्सल्टेन्सी समेत बन्द गराईएको उनले जानकारी दिए । टोलीले रत्ननगरका १३ वटा मेडिकल तथा ८ वटा कन्सल्टेन्सीको अनुगमन गरेको थियो ।

मेडिकल सञ्चालनको लागि जिल्ला जनस्वास्थ्य कार्यालयबाट अनुमति लिनुपर्ने कानुनी व्यवस्था रहेको छ । यसैबीच जिल्ला प्रसासन कार्यालयको वजार अनुगमन टोलीले रत्ननगरका १० वटा किराना पसल र होटलको अनुगमन गरेको छ । सो क्रममा २ वटा होटलले अखाद्य सामाग्रीको प्रयोग गरी मिठाई विक्री गरेको पाईएको खाद्य निरीक्षक नविन देउजाले वताए ।

उनका अनुसार रत्ननगर १ वकुल्लहरमा रहेको शुभकामना स्वीट हाउस र रत्ननगर २ टाँडीमा रहेको हाम्रो होटल स्वीट एण्ड चाट हाउसले अखाद्य हाईड्रो नामको सामान मिठाईमा प्रयोग गरी विक्री गर्ने गरेका छन् ।

अखाद्य सामान प्रयोग गर्ने ति दुई होटललाई खाद्य ऐन वमोजिम कारवाही हुने खाद्य निरीक्षक देउजाले वताए । अनुगमन गरिएका होटलहरुमा सरसफाई समेत नभएको पाईएको छ । अनुगमनका क्रममा किराना पसलहरुमा म्याद सकिएको सामाग्री राखिएको,मुल्य सुची नभएको पाईएको देउजाले वताए । म्याद सकिएको सामानको नष्ठ गरिएको छ ।

Leave a Reply

Your email address will not be published.