रेडक्रस सोसाइटी चितवन शाखाद्धारा झुल वितरण

चितवन, असार ७ । नेपाल रेडक्रस सोसाइटी चितवन शाखाले देवघाट आश्रमहरुमा वसोवास गर्ने वृद्ध वृद्धाहरुलाई आज झुल वितरण गरेको छ । ५ सय जना वृद्ध वृद्धाहरुलाई एक समारोहका वीच झुल वितरण गरिएको हो । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यसमितिका अध्यक्ष संञ्जिव थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा देवघाटमा रहेका ६ वटा आश्रमहरुमा झुल वितरण गरिएको थियो । कार्यक्रममा एन आर एन वृद्धाश्रमका संयोजक यज्ञप्रसाद रेग्मी, नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका सभापति ज्ञानशाली न्यौपाने, सदस्य पोदराज पौडेल, नेरेसो केन्द्रीय स्वास्थ्य सेवा विभागका विभागीय प्रमुख मोना अर्याल, चितवन रेडक्रसका वरिष्ठ जिल्ला शाखा अधिकृत जगन्नाथ न्यौपाने, गलेश्वर आश्रमका महेन्द्र प्याकुरेल, संस्कृत मा।वि। देवघाट शिक्षक नायक विष्णु सापकोटाको समेत सहभागिता रहेको थियो । गर्मीको समयमा बढी लामखुट्टेको प्रकोप पर्ने सक्ने भएले झुल वितरण गरिएको हुदाँ वरिष्ठ जिल्ला शाखा अधिकृत जगन्नाथ न्यौपानेले बताउनु भयो ।कार्यक्रम नेरेसो देवघाट उपशाखाका सभापति दिव्यदेव पौडेलको अध्यक्षतामा सम्पन्न भएको हा

Leave a Reply

Your email address will not be published.