चितवनकी पत्रकार सृजना सहित ६ पत्रकारलाई रोटरी जोर्नो अवार्ड

काडमाडौं, ०७ असार । महिलाका विषयमा सशक्त कलम चलाउँदै आउनुभएकी पत्रकार सिर्जना अर्याल रोटरी जोर्नो अवार्डबाट पुरस्कृत हुनुभएको छ । चितवनलाई आधारभूमि बनाएर १ दशक भन्दा बढि पत्रकारीतामा आवद्ध पत्रकार अर्याल यस वर्ष को रोटरी जोर्नो अवार्ड को महिला र विकास बिधाबाट सम्मानीत हुनु भएको हो ।22312782-952b-4f2b-95cf-399ec67184e5
अर्यालसँगै यो वर्ष शिक्षा साप्ताहिकका सुदर्शन सिग्देल, इमेज च्यालनमा स्वास्थ्य बिट हेर्ने शैलजा सिंह, हिमालय टाइम्समा वातावरण बिट गर्ने प्रमोदकुमार टण्डन, कारोबार दैनिककी राधिका ढकाल र रेडियो नेपालका हरिशरण लामिछाने पुरस्कृत हुनु भएको छ । राजधानीमा यसै हप्ता भएको सो सम्मान समारोहमा
नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष महेन्द्र विष्टले विधागत विभिन्नताका र समावेशी आधारमा दिने गरेको रोटरी जोर्नी अर्वाड महत्वपुर्ण अवार्ड भएको बताउनु भयो । सो अवसरमा नेफेजका अध्यक्ष सहजमान श्रेष्ठ, रोटरीका डिस्टक अध्यक्ष महेश्वर भक्त श्रेष्ठ, पुर्व डिष्टक गर्भनर तिर्थमान शाक्य, रोटरीयन नुगल आन्नद वैध, चिन्तामणी भटराई लगायतलेल बोल्नु भएको थियो । सो सम्मान कार्यक्रममा
सम्मानीत पत्रकार हरिशरण लामिछानेले यस अघिकुनै सम्मान ग्रहण नगरेको बताउदै रोटरी जोर्नी अवार्डकोे प्रशंशा गर्नु भयो । त्यस्तै अर्का सम्मानीत पत्रकार सृजना अर्याल मोफसलमा पत्रकारीता गरिरहे पनि राष्टियस्तरको अवार्डबाट सम्मानीत हुनु पाएकोमा गौरव लागेको भन्दै यस सम्मानले आफुलाई थप उर्जा प्रदान गरेको बताउनु भयो । सामाजीक क्षेत्रमा उल्लेखनिय कार्य गर्दै आएको रोटरीको यस सम्मान कार्यक्रम रोटरीको समचार लेखेकै आधारमा सम्मान नगरिने डिस्टक गर्भर्नर केशव कुवँरले बताउनु भयो । समाज विकासका हेरक पाटामा पत्रकारीताका माध्यमबाट पर्ने समारात्मक प्रभावका आधारमा सम्मान कार्यक्रम गर्ने गरेको उहाँले प्रष्टाउनु भयो ।
पुरस्कार वितरणअघि छनोट कमिटी गठन गरिएको थियो । नेपाल पत्रकार महासंघ अध्यक्ष डा. महेन्द्र विष्ट, राष्ट्रिय समाचार समितिका महाप्रवन्धक निर्मला आचार्य, वरिष्ठ पत्रकार तीर्थ कोइराला, बबिता बस्नेत,निर्मला शर्मा, दिपक दाहाल, सहजमान श्रेष्ठ, र गोकर्ण अवस्थीे छनोट समितिमा रहनु भएको थियो ।9f33d555-6fcf-41bd-bf77-512870ee490e

रोटरी इन्टरनेशनल डिष्टक ३२९२ नेपाल भुटान ले प्रत्येक वर्ष ६ पत्रकारलाई रोटरी जोर्नो अवार्डबाट पुरस्कृत गर्दछ ।
सन् २०१२ देखि रोटरी जोर्ना अवार्ड दिने गरीएको हो ।

Leave a Reply

Your email address will not be published.