परिवार दलमा ढकाल

चितवन, ०७ असार । नेपाल परिवार दल चितवनको अध्यक्षमा धर्मप्रसाद ढकाल चयन भएका छन् । मंगलबार भएको दोस्रो जिल्ला अधिवेसनले ढकालको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो । नवनिर्वाचित जिल्ला अध्यक्ष ढकालले चितवनमा पार्टीको संगठन विस्तार गर्दै अघि बढ्ने बताए । कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा राजेन्द्रप्रसाद अर्याल, उपाध्यक्षमा श्रदा अर्याल सेढाई चयन भएका छन् । यस्तै सचिवमा केशव आचार्य, सहसचिवमा ओमप्रसाद सिंखडा, कोषाध्यक्षमा त्रिभुवन पौडेल चयन भएका हुन् । ४ वर्षे कार्याकालका लागि नया“ कार्यसमिति चयन गरिएको पार्टीले जनाएको छ । अधिवेसनको उद्घाटन नेपाल परिवार दलका महामन्त्री विनोद डा“गीले गरेका थिए । कार्यक्रममा केन्द्रीय सदस्य मनोज सुर्खेती, रामप्रसाद ज्ञवाली लगायतले पार्टीलाई सक्रिय बनाउदै लैजानुपर्नेमा जोड दिएका थिए । निर्वतमान अध्यक्ष अनिलप्रसाद खनियाले नया“ कार्यसमितिलाई बधाई दिएका थिए ।

Leave a Reply

Your email address will not be published.