क्वेष्ट कलेजलद्वारा बिद्यार्थीहरुलाई करिअर काउन्सिलिङ्ग

चितवन, ०७ असार । पूर्वी चितवनको रत्ननगर ०८मा रहेको क्वेष्ट मोडल कलेजले एसएलसी उर्तिण बिद्यार्थीहरुलाई लक्षित गरि एक दिने करिअर काउन्सिलिङ्ग कार्यक्रम संचालन गरेको छ । सो कार्यक्रमलाई रत्ननगर–८मा रहेको समृद्धि कन्सल्टिङ्ग एण्ड ट्रेनिङ्ग सेन्टर प्रा.लिले प्राविधिक सहयोग गरेको हो ।
कार्यक्रममा क्वेष्ट मोडल कलेजका क्याम्पस प्रमुख जगदिशचन्द्र शर्माले करिअर के हो ? एस.एल.सी पछिको करिअर, विद्यार्थी जीवनलाई कसरी सफल बनाउने, एस.एल.सी ग्रेडिङ्ग र भविश्ष्यमा पढ्न सकिने बिषय आदि बिषयमा अभिमुखिकरण गरेका थिए ।c2059a05-63a6-47f5-981a-5afa8d63fff8
समृद्धि कन्सल्टिङ्ग एण्ड ट्रेनिङ्ग सेन्टरका प्रबन्ध निर्देशक चक्रपाणि तिमल्सिनाले करिअर डिभलप्मेन्ट र विद्यार्थीको क्षमता विकासका सम्बन्धमा प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा पूर्वी चितवनका एस.एल.सी उर्तिण १२० भन्दा बढी बिद्यार्थीहरुको सहभागिता रहेका थियो । सो अवसरमा हिमालयन बोडिङ्ग स्कूलका प्रधानाध्यापक पशुपती शर्मा, प्यारागन उच्च माध्यामिक बिद्यालयका सहप्रधानाध्यापक गोविन्द पौडेल, उच्च माध्यामिक तहका संयोजक नेत्रबहादुर क्षेत्री, शिक्षकहरु ठाकुर लामिछाने, श्रृष्टी पाण्डे, हरि सिग्देल लगायतको उपस्थिती रहेको थियो । ग्रेडिङ्ग प्रणाली अन्र्तगत एस.एल.सी अतिर्ण गरेका बिद्यार्थीलाई अव के गर्ने भन्ने बिषयमा अन्यौल रहेको सन्दर्भमा यस्ता खालका कार्यक्रमले विद्यार्थीलाई धेरै सहयोग गर्ने कार्यक्रमका मुख्य सहजकर्ता क्वेष्ट मोडल कलेजका क्याम्पस प्रमुख जगदशचन्द्र शर्माले बताए ।

Leave a Reply

Your email address will not be published.