गाविस सचिवले भने –‘ मालपोतबाट आएको हुँ खाली लेटरप्याडमा सही गर्न डराउदिन्न ’

 
दयाराम आचार्य
नवलपरासी,०७ असार । नवलपरासी प्रसौनी गाविसका सचिव बसन्तबहादुर जिसीले मालपोत कार्यालयबाट सरुवा भएर आएकाले खाली लेटरप्याडमा सही गर्न नडराएको जनाएका छन् ।

सवर्दलीय भेलामा उनले यस्तो कुरा जनाएका हुन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका प्रतिनिधिले गाविस सचिव बसन्द बहादुर जिसी कार्यलयमा उपस्थित नहुने र उनले गरेका कार्य सम्पादनको बिषयमा प्रश्न गरेका थिए । त्यसको जवाफमा सचिवले यस्तो जवाफ दिएका हुन् ।

नेकपा एमालेका प्रसौनी गाउ कमिटी अध्यक्ष तिलकराम देवकोटाले गाविस सचिव कम उपस्थिति हुने गरेको ,गाविसमा बिभिन्न कार्यक्रम गर्दा दलसंगग सल्लाह नगरी एकलौटी ढ¨बाट कार्य गर्ने गरेको आरोप लगाए ।

यस्तै नेकपा माओवादी केन्द्रका प्रसौनी संयोजक हरी पाण्डेले गाविस सचिवले खाली कागजमा सही गर्दा गाविसमा आउने टाठाबाठा सेवाग्राहीले अनावश्यक फाईदा लिने गरेको र सोझा साझा सेवाग्राहीलाई भने मर्का परेको बताए ।

बालक्लबका बालबालिकाले समेत खालीकागजमा सही गरेको बिषयलाई लिएर बाल सञ्जाल र बाल क्लब प्रति पनि अनावश्य दवाब पूर्ण पत्र किन पठाएको हो भन्ने कुरा जोडदार उठाएको प्रसौनी बाल सञ्जालका अध्यक्ष खिमानन्द देवकोटाले बताए ।

सर्वदलिय भेलामा उठेका प्रश्नको सचिव जिसीले कुनै पनि ठोस जवाफ नदिएको देवकोटाले बताए ।
बालक्लब ,बाल सञ्जाल र खेलकुद बिकास समिति प्रसौनीले गाविस सचिव जिसीको शैली र गैर जिम्मेवारी पूर्णकामको साँची बस्न नसक्ने भन्दै असहमति जनाउदै सर्वदलीय बैठकमा नोट अफ डिसेन्ट लेखेका छन् ।

सर्वदलीय बैठकमा बिभिन्न राजनीतिक दलका प्रतिनिधि, संघ सस्थाका प्रतिनिधि,बाल क्लबका प्रतिनिधि,स्थानीय अगुवाहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.