चितवनमा आधिकारिक ट्रेड युनियको सपग ग्रहण

चितवन, ०३ असार । सबै कर्मचारीको भावना र मर्मलाई बुजेर ट्रेड युनियनले निजामती कर्मचारीहरुलाई अगाडि बढाउनु पर्ने प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले बताएका छन् ।
सरकारी कर्मचारीहरुको हक र हितका लागि बृहत्तर विकासमा ट्रेड युनियन सदैव लाग्ने सिंहले विश्वास व्यक्त गरेका छन् । नव निर्वाचित पदाधिकारीहरुलाई प्रमाण पत्र हस्तान्तरण कार्यक्रममा बोल्दै प्रजिअ सिंहले यस्तो बताएका हुन् । साथैं उनले निजामती कर्मचारीहरुले जनताले प्राप्त गर्ने सेवा र सुविधालाई चासो र सरोकारको विषयमा लिनुपर्ने बताए । निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको जेठ १९ गते भएको निर्वाचनबाट मंगलराम दराईको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन भएको थियो ।
जसको उपाध्यक्षमा नोदनाथ लामिछाने, सचिव प्रेम नारायण ढकाल, सहसचिवमा हेम प्रसाद सिलवाल, कोषाध्यक्षमा किशोर न्यौपाने निर्वाचित भएका थिए । नयाँ कार्य समितिका पदाधिकारीहरुलाई निर्वाचन अधिकृत तथा कार्यक्रमका अध्यक्ष मणिराम न्यौपानेले सपथ ग्रहण गराएका थिए । कार्यक्रममा चितवनका स्थानीय विकास अधिकारी श्रवण कुमार पोखरेल, कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख नारायण प्रसाद शर्मा, महिला तथा बालबालिका कार्यालय चितवनकी प्रमुख शान्ता कुमारी पौडेल लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.