विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

चितवन, ०३ असार । युथ क्लव नारायणगढको आयोजनामा काउले ४ मेट्राङमा रहेको जीवन ज्योति राप्राविका ७७ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
युथ क्लव नारायणगढका कार्यवाहक अध्यक्ष रामचन्द्र आचार्यको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा जिल्ला शिक्षा कार्यलय भरतपुरका श्रोत व्यक्ति राजेन्द्रबावु ढकाल प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा युथ क्लव नारायणगढका कार्यकारी निर्देशक दयाराम कंडेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर प्रजा, प्रधानाध्यापक दुर्गा पुरी, शिक्षक अभिभावक संघका अध्यक्ष टेकबहादुर रानामगर, नेपाली काँग्रेस पार्टी प्रतिनिधि तिलक गिरी, नेकपा माओवादी केन्द्रका पार्टी प्रतिनिधि पुष्प चेपाङ लगायतले युथ क्लव नारायणगढले गरेको सहयोगको प्रशसा गरेका थिए ।
९८ प्रतिशत चेपाङ विद्यार्थी अध्ययन गर्ने चितवन जिल्लाकै सवै भन्दा दुर्गम विद्यालयको गत २०७२ साल बैशाख १२ गते आएको भुकम्पले विद्यालय भवन भत्काएको थियो । भवन भत्केपछि युथ क्लव नारायणगढले हिरोसिमा विश्व विद्यालय जापानका प्राध्यापकहरुको संस्था “कुसुना नेपाल फ्रेण्डशीप एसोसियसन” मार्फत ३ कोठे भवन निर्माण हुन गईरहेको युथ क्लव नारायणगढका कावा अध्यक्ष आचार्यले जानकारी दिए ।