भरतपुर आरालोमा चितवनमा नै पहिलो पटक महिला प्रहरी विट
राजेन्द्र आचार्य
चितवन, ०२ असार । चितवनमा पहिलो पटक महिला प्रहरीलाई मात्रै राखेर प्रहरी विट स्थापना गर्न लागिएको छ ।
चितवनको भरतपुर–नारायणगढ सडक अन्र्तगतमा सबैभन्दा धेरै सडक दुर्घटना हुने भरतपुर ओरालोमा महिला प्रहरी विट स्थापना गर्न लागिएको हो ।
भरतपुर ओरालो क्षेत्रका व्यवसायीहरुको संयुक्त पहलमा भरतपुर पुलिस विट निर्माण समिति नै गठन स्थानियहरु नै विट राख्न सक्रिय हुन् ।
सेढाई होल्डीङ्गका प्रबन्ध निर्देशक निर्देश सेढाईको अध्यक्षतामा ९ सदस्ययी समिति नै गठन गरिएको छ । जसको सदस्यहरुमा सुरज शाक्य, उज्वल श्रेष्ठ, कपिल सागर कर्माचार्य, केशव महर्जन, सरोज अर्याल, प्रविन अर्याल र प्रविन श्रेष्ठ रहेका छन् ।
भरतपुर ओरालो क्षेत्रमा दुर्घटनाको नोखिम र चोरीका घटनासगै तेश्रो लिङ्गको अनैतिक क्रियाकलाप बढेपछि स्थानिय व्यवासयीहरुद्धारा १२ लाख रुपैया संकलन गरि पक्की पुलसी विट निर्माण सम्पन्न गर्न लागेको भरतपुर पुलिस विट निर्माण समितिका अध्यक्ष निर्देश सेढाईले जनाकारी दिए ।
जिल्लामा यसरी व्यवसायीहरुसगं सहकार्य गरि महिला प्रहरी विट स्थापना हुनु जिल्लाकै लागि गौरवको विषय भएको समेत उनले बताए । प्रहरी एक महिना भित्र उद्धघाटन गर्ने समिति तयारी छ । भने विट गर्दा भरतपुर ओरालो क्षेत्रको शान्ति सुरक्षा थप मजबुद बन्ने समितिका सदस्य सुरज शाक्यले बताए ।