कालिगण्डकी डाइभर्सनको बिरोधमा कडा संघर्षमा उत्रने संघर्ष समितिको चेतावनी

दयाराम आचार्य

नवलपरासी,असार ३ । कालिगण्डकी नदि डाइभर्सन गर्ने योजनाको स्थानियले बिरोध गरेका छन । सरकारले अगाडि सारेको यस योजनाको बिरोधमा कडा संघर्षमा उत्रने कालिगण्डकी बचाऊ संघर्ष समितिले चेतावनी दिएको छ ।

कालिगण्डकी नदीलाई डाइभर्सन गरी रुपन्देहीको तिनाऊ नदिमा मिसाई नदीको पानी सो क्षेत्रमा प्रयोग गर्न लागिएको भन्दै नवलपरासी,पाल्पा ,स्या¨जा र तनहु नदि बेसीन आसपासका स्थानियले बिरोध गरेका छन ।

कालिगण्डकी नदी उपयोग तथा संरक्षणमा स्थानियको दायीत्व र अग्राधिकार रहेकोले यसलाई डाइभर्सन गर्ने सरकारको योजना गलत रहेको कालीगण्डकी बिकास समिति कालिगण्डकी डाईभर्षन बचाउ अभियानका संस्थापक अध्यक्ष्ँ डा. कुलराज चालिसेले बताउनु भयो ।kaligandika

“कालिगण्डकी संग धार्मिक आस्था , यसको अधारमा पर्यटकको सम्भावना र कालिगण्डकी करीडोर संगै यस क्षेत्रको बिकासको सम्भावन जोडिएको छ , यसलाईनै डाइभर्सन गर्दा यस क्ष्ँेत्रको अस्तित्व समाप्त हुन्छ” चालिसेले भन्नुभयो । यसक्षेत्रको अस्तित्व रक्षाको लागि पनि हामि कडा संघर्ष गछौं ।

अहिले दवाव सिर्जनको लागि कालिगण्डकी बेसीन संग जोडिएका नवलपरासी,पाल्पा,स्या¨जा र तनहुका स्थानियको हस्ताक्षर संकलकार्य अगाडि बढीरहेको र जिल्ला देखी केन्द्र सम्म यस योजनालाई रोक्नको लागि कडा संघर्षमा उत्रने उहाले बताउनु भयो ।

कालिगण्डकी आफ्नो धार्मिक आस्था र अस्तित्व संग जोडिएको बिषय भएको भन्दै स्थानिले बिरोध जनाउदै आएका छन । यस अघि संघर्ष समितिले पाल्पा र स्या¨जालाई जोडने राम्दी जहा बाट डाइभर्सन निमार्णको योजना रहेको छ । त्याहा पुगि पुजा पाठ गरी धार्मीक बिरोध समेत जनाएका थिए ।

Leave a Reply

Your email address will not be published.