दुईवटा ट्रक ठोकीदा एक जनाको मृत्यु, ६ घाईते


दयाराम आचार्य

नवलपरासी, असार ३ । पुर्व पश्चिम राजमार्ग अन्र्तगत नवलपरासीको नयाबेलहानीमा रोकिराखेको ट्रकमा पछाडि बाट अर्को ट्रक ठोकिन पुग्दा एक जनाको घटना स्थलमानै मृत्यु भएको छ भने अन्य ६ जना घाईते भएका छन ।accident
प्रहरी चौकी अरुणखोलाका प्रहरी सहायक निरीक्ष्ँक हरी बहादुर सेनले दिनुभएको जानकारी अनुसार पुर्व बार्ट पश्चिम तर्फ जादै गरेको ना ३ ख ४४०३ नम्बरको ट्रकले रोकिराखेको ना ६ ख २१९१ नम्बरको ट्रकमा ठोकिद जादा ना ३ ख ४४०३ नम्बरको ट्रकमा सवार भारत बहराईच घर भएका बर्ष ३५ का कुर्दुस कोरेसीको घटना स्थलमानै च्यापिएर मृत्यु भएको उहाले बताउनु भयो ।

सोहि दुर्घटनमा परी ६ जना घाईते भएका छन । घाईते सबैको स्थानिय मेडिकलमा उपचार हुदै गरेको र दुवै ट्रकका चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरी सहायक निरीक्ष्ँक सेनले जानकारी दिनु भयो ।

यस्तै नवलपरासीको मध्यविन्दु ४ मा पुर्व बाट पश्चिम तर्फ जादै गरेको बा ५६ प २९९२ नम्बरको मोटरसाईकलले बिहीबार साझ पैदल यात्रीलाई ठक्कर दिदा एक जना गम्भिर घाईते भएका छन ।

प्रहरी चौकी तम्सरीयाले दिएको जानकारी अनुसार मोटरसाईकलको ठक्कर बाट मध्यविन्दु ६ का बर्ष १६ का दान बहादुर राना गम्भिर घाईते भएका छन । रानाको भरतपुर मेडिकल कलेजमा उपचार भईरहेको र ठक्कर दिने मोटरसाईकल फरार रहेकाले खोजि कार्य भईरहेको प्रहरीले जनाएको छ ।