गर्भवती महिलालाई सुपानेट झुल वितरण

दयाराम आचार्य
कावासोती, ०२ असार । नवलपरासीको कावासोती–६ मा गर्भवती महिलाहरुलाई सुपनेट झुल वितरण गरिएको छ । कावासोती–६ मा रहेको मातृभूमी युवा क्लवले क्लवद्धारा सञ्चालीत प्रजनन् स्वास्थ्य क्लिनिकमा नियमित स्वास्थ्य जाँच गराउने १६ जना गर्भवती महिलाहरुलाई सुपानेट झुल वितरण गरेको हो ।
शिवमन्दिर स्वास्थ्य चौकि कावासोती–३ को सहयोगमा बुधबार एक कार्यक्रम आयोजना गरि गर्भवती महिलाहरुलाई झुल वितरण गरिएको हो । गर्भवती भएको तिन महिना पुराभई नियमित रुपमा स्वास्थ्य जाँच गराउने महिलाहरुलाई झुल वितरण गरेको क्लवका अध्यक्ष भरत गौडेलले बताए ।
गर्भवती महिलाहरु लगि सुपानेट झुल वितरण कार्यक्रममा शिवमन्दिर स्वास्थ्य चौकिका प्रमुख कृष्ण प्रसाद सापकोटाले झुलको प्रयोग र उपयोगिताको बारे बताएका थिए । विश्व स्वास्थ्य संगठनद्धारा परिक्षण प्रमाणित भएको र यसको प्रयोगवाट कुनैपनि नकारात्मक प्रभाव नपर्ने सापकोटले बताए । अबका दिनमा समेत नियमित रुपमा गर्भवती महिलालाई झुल वितरण गरिने सापकोटाले बताए ।
बुधबार भएको झुल वितरण कार्यक्रममा कावासोती–६ का नागरिक वडा मञ्चका संयोजक ज्ञान प्रसाद डुम्रे, बिष्णुनगर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष यम बहादुर थापा, कावासोती–कुम्सोत बाटो निर्माण समितिका अध्यक्ष लालचन्द श्रेष्ठ, गणेश मन्दिर सर्वेश्वर शिवालयका अध्यक्ष प्रेम नारायण पाठकले क्लवको आयोजनामा हुने यस्ता रचानात्मक कार्य निकै फलदायि हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा मिलिजुलि भाडा समूहका अध्यक्ष केशव गौडेल, जयदुर्गा भवानी मन्दिरका अध्यक्ष दुर्गा प्रसाद गौडेल, शिवालय मन्दिरका अध्यक्ष हरि प्रसाद गौडेल, स्वास्थ्य स्वयम सेविका लक्ष्मी खनाल, वडा भित्रका बिभिन्न महिला समूहका अध्यक्ष लगायतकाको उपस्थिति रहेको थियो । क्लवका अध्यक्ष भरत गौडेलको अध्यक्षतामा भएको कार्यक्रम क्लवका सचिव तिर्थराज डुम्रेले सञ्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published.