एसएलसीको रिजल्ट आयो

काठमाडौं, २ असार । यस वर्षको प्रवेशिका परीक्षा (एसएलसी)को परीक्षाफल प्रकाशित भएको छ । परीक्षा नियन्त्रण कार्यालयले पहिलो पटक ग्रेडिङ अनुसार परीक्षाफल सार्वजनिक गरेको हो ।

प्रकाशित नजिता अनुसार सबैभन्दा धेरै सी ग्रेडमा १ लाख ४ हजार २७८ परीक्षार्थी छन् । यो भनेको १.६ भन्दामाथि २ सम्मको जीपीए हो ।

१६ हजार ४५४ परीक्षार्थीले ए प्लस ग्रेडमा छन् । यो भनेको जीपीए ३.६ भन्दामाथि ४ सम्म अंक ल्याएका छन् । ९० र सोभन्दा माथि अंक ल्याउने परीक्षार्थी यो ग्रेडमा पर्छन् ।

२०७२ चैत १८ गतेदेखि २९ गतेसम्म एसएलसी परीक्षा चलेको थियो । देशभर १ हजार ४ सय ४३ परीक्षा केन्द्रबाट जम्मा ६ लाख १५ हजार ५ सय ५३ विद्यार्थी एसएलसीमा सहभागी भएका थिए ।

कसरी हेर्ने रिजल्ट ?

एसएलसी रिजल्टका लागि परिक्षा नियन्त्रण कार्यालय नेपाल टेलिकमसहित बिभिन्न सेवा प्रदायकसाग सम्झौता गरेको छ । बिभिन्न अनलाइन र एसएमएस सर्भिसमार्फत् पनि नतिजा थाहा पाउन सकिने छ ।
यसका लागि वेबसाइट www.moe.gov.np, wwww.doe.gov.np, www.soce.gov.np,www.slcresult.soce.gov.np, www.slc.ntc.net.np, नेपाल टेलिकमको CDMA, Postpaid, prepaid मार्फत १६०० नं डायल गरी प्राप्त सन्देशअनुसार नतिजा प्राप्त गर्न सकिने छ । त्यसैगरी SMs बाट नजिता थाहा पाउन PQm\N, CDMA, Postpaid, prepaid मोबाइलको मेसेज बक्समा गएर slc space सिम्बोल नं र अल्फाबेट टाइप गरी १६०० एसएमएस पठाउन सकिनेछ ।

त्यसैगरी सवैभन्दा पुरानो एसएलसी नतिजासम्बन्धी एसएमएस सेवा प्रदायक स्प्यारो एसएमएसबाट सेवा लिनका लागि SLC टाइप गरी स्पेश दिएर आफ्नो सिम्बोल नम्बर टाइप गरी ३५००१ मा पठाउन सकिने छ । यसैगरी स्प्यारोको एन्ड्रोइड एपमार्फत् पनि रिजल्ट थाहा पाउन सकिने छ ।

Leave a Reply

Your email address will not be published.