चितवन जिल्ला अदालतमा निशुल्क स्वास्थ्य परीक्षण

आनन्द पोखरेल

चितवन, ०२ असार

चितवन जिल्ला अदालतमा सेवाग्राही तथा कर्मचारीहरुको निशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । चितवन जिल्ला अदालतको आयोजना तथा पुष्पाञ्जली अस्पताल प्रालि भरतपुरमो संयोजनमा निशुल्क स्वास्थ्य परीक्षण गरिएको हो ।

अस्पतालका फिजिसियन डाक्टर भोजराज अधिकारी सहितको टोलीले बिहीबार अदालतमा मधुमेह र रक्तचाप परीक्षण गरेको हो । पछिल्लो समय मानिसहरुको जनजीवन व्यस्त हुँदै गएको अवस्थाका कारण मधुमेहको बिरामी बढ्दै गएको डाक्टर अधिकारीको भनाइ छ । मानिसहरुको जीवनशैलीका कारण नसर्ने प्रकारका रोगहरु बढ्दै गएको अधिकारीले बताए ।

Health Check Up 1

रहन सहन र जीवनशैली परिवर्तन गर्दै लगेको अवस्थामा नसर्ने खालका रोगहरुबाट जोगिन सकिने अधिकारीले बताए । खानपानमा सन्तुलन राख्दै योगा, कसरतमा जोड दिइ तनावमुक्त भएको अवस्थामा समेत नसर्ने खालका रोगबाट जोगिन सकिने अधिकारीको भनाइ थियो । गुलियो, चिल्लो, नुनिलो खाने कुराहरु कम गर्दै हरियो सागपात र फलफूलको नियमित सेवन गरेको अवस्थामा मधुमेह, रक्तचाप लगायतका रोगबाट जोगिने अधिकारीले बताए ।

माछामासु भन्दा पनि सागपात सेवन तर्फ जोड दिन डाक्टर अधिकारीले बिरामीलाई आग्रह गरे । बिहीबार अदालतमा गरिएको स्वास्थ्य परीक्षणमा जिल्ला न्यायधीश, कानुन व्यवसायी, अदालतका कर्मचारी, प्रहरी, सेवाग्राहीहरुले आफ्नो स्वास्थ्य परीक्षण गराएका थिए ।

2

स्वास्थ्य परीक्षणमा एक ३० जनाको मधुमेह र रक्तचाप परीक्षण गरिएको अधिकारीले जानकारी दिए । मधुमेह र रक्तचापका दीर्घरोगीहरुलाई शिविरबाट निशुल्क रुपमा औषधि समेत वितरण गरिएको थियो भने नयाँ देखिएका बिरामीलाई अस्पतालमा एक पटक निशुल्क रुपमा स्वास्थ्य परीक्षणको लागि बोलाइएको छ । बिहीबार १९ जना नयाँ रक्तचापका बिरामी र १४ जना मधुमेहका बिरामी भेटिएको डाक्टर अधिकारीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.