काँग्रेस चितवनका पूर्व उपभापतिलाई ठगी आरोप

चितवन, ०१ असार । चितवनमा जग्गा ठगी गरि विक्री वितरण र आफ्नो नाममा पास गरेका घटनाहरु विभिन्न समयमा आईरहेका हुन्छन् । एउटा फेरी यस्तै घटना बाहिर सार्वजनिक भएको छ ।
जुन घटनामा नेपाली काँग्रेस चितवनका पूर्व उपसभापति बलराम धरेल मुछिएका छन् । पूर्वी चितवनको राप्ती नगरपालिका–६ हर्दी (साविक भण्डारी–२)का फटला महतोले आफ्नो बुबाको नामको जग्गा नेता धरेलकी आमा ललिताकुमारीको नाममा ठगी गरि लालपुर्जा बनाएको आरोप लगाएका छन् । घेघरा महतोका छोरा फटला महतोले आज भरतपुरमा पत्रकार सम्मेलनगरि आफ्नो बुबाको नामको जग्गा धरेल परिवारले ठगी गरेको आरोप लगाए ।
उनले धरेल परिवारलाई १० कठ्ठा मात्रै विक्री गरेकोमा हाल आएर पुरै एक विघा १ कठ्ठा १८ धुर जग्गाको पूर्जा बनाई पास गरिएको जानकारी दिए । राणा कालमै उनका बुबाहरु त्यतिबेला १० बिघा जग्गा पाएका थिए । तर त्यस क्षेत्रमा तत्कालिन श्री ५ को सरकारले २०२५ सालदेखि ३६ सालसम्म सो जग्गा भएको क्षेत्र माछापालन पोखरीका लागि रोक्का गरेको थियो । रोक्का गरेको समयमै २८ सालमा सो जग्गाको धरेल परिवारले छोडपत्र समेत बनाएका छन् ।
सुकरा र घेघरा महतोको नाममा रहेको सो संयुक्त जग्गा सुकराका शेषपछिका छोराछोरीहरु किशोर, छनुवा र पतिया महतोलाई मञ्जुरी नामा गराई जग्गा आफ्नो नाममा ठगि गरेको महतोले बताए । पत्रकार सम्मेलमा बोल्दै थारु कल्याणकारिणी सभा चितवनका अध्यक्ष विश्राम महतोले धरेल नेताको नाममा शोसक वर्ग रहेको आरोप लगाउँदै तत्कालै सो जग्गा फिर्ता गर्नुपर्ने बताए ।
सोझा साझा थारुको जग्गा लिएर धरेल चितवनको समाजमा शोसक बनेको उनको आरोप छ । पत्रकार सम्मेलनमा स्थानीय छत्रप्रसाद थपलियाले पनि फटला महतो धरेल परिवारबाट ठगिएको बताए । उनले पनि महतोले न्याय पाउनुपर्नेमा जोड दिए ।

Leave a Reply

Your email address will not be published.