अबैध शैक्षिक परामर्श केन्द्र बन्द गर्न इक्यानले सहयोग गर्ने

चितवन, ०१ असार । अवैधानिक रुपमा चितवनमा संचालित शैक्षिक परार्मश केन्द्र एवम् कन्सेल्टेन्सीहरु बन्द गर्ने नेपाल शैक्षिक परामर्श संघ इकान चितवनले सहयोग गर्ने जनाएको छ ।
संघले बुधबार नारायणगढमा पत्रकार सम्मेलनको आयोजना गरी प्रशासनको अनुगमनसंगै संघको धारणा सार्बजनीक गरेको हो । संघले चितवनमा शिक्षा मन्त्रालयको स्वकृती प्राप्त १२, स्वकृतीका लागी आबेदन दिएका ४१ र केन्द्रमा स्वकृती लिई चितवनमा सेवा संचालन गरेका २२ वटागरी ७५ वटा संस्थामात्रै चितवनमा वैधानिक रहेको संघले जनाएको छ । पछिल्लो समय चितवन प्रशासनले स्वकृतीका लागी आबेदन दिएका ४१ वटा संस्थालाई समेत बन्द गर्ने निर्देशन दिएको थियो ।
संघको पहलमा शिक्षा मन्त्रालयले अनुगमा नहुदा सम्म संस्था संचालन गर्नेदिन चितवन प्रशासनलाई परिपत्र गरेकाले ती संस्थाहरु संचालन हुने इकानका केन्द्रिय सदस्य सोम बहादुर कंडेलले जानकारी दिए । शिक्षा मन्त्रलायको ढिलाईका कारण आफुहरुले संस्था संचालन स्वकृती पत्र नपाएको उनको भनाई थियो । हाल बन्द गरिएका संस्थाहरुलाई प्रक्रियामा आउन केही समय दिनुपर्ने इक्यान चितवनका अध्यक्ष जिवन रिजालले बताए । प्रशासनको अनुगमन स्वागत योग्य भएको उनको भनाई थियो ।

Leave a Reply

Your email address will not be published.