पाँच वर्षमा चार सय ४८ ले सेवा लिए

चितवन, ०१ असार । चितवन स्पाइनल इन्दजुरी केन्द्रले आफ्नो चौथो वर्षिकोत्सव मनाएको छ । भरतपुर अस्पताल भित्र सञ्चालन हुँदै आएको चितवन स्पाइनल इन्जुरी केन्द्र २०६९ सालमा स्थापना भएको थियो ।
कार्यक्रममा केन्द्रका संयोजक डाक्टर कृष्ण प्रसाद पौडेलले केन्द्र सञ्चालनमा निकै नै चुनौतिहरु रहेको बताए । सुरुमा पाँच बेडबाट सञ्चालनमा आएको केन्द्र अहिले १२ बेडमा सञ्चालनमा रहेको डाक्टर पौडेलले जानकारी दिए । काठमाडौँपछि पोखरा र चितवनमा मात्र स्पाइनल भएका बिरामीहरुको उपचार हुने भएकाले चितवनमा बिरामीको चाप धेरै भएको डाक्टर पौडेलले बताए ।
केन्द्र सञ्चालनको लागि विभिन्न रोटरी क्लबहरुले सहयोग गर्दै आएको भवन निर्माणको लागि भरतपुर अस्प्ताल विकास समितिले पाँच कठ्ठा जग्गा प्रदान गरेको पौडेलको भनाइ थियो । अस्पताल विकास समिति अन्तर्गत सञ्चालनमा आएको अस्पतालको क्षमता बढाउनुपर्ने आवश्यकता रहेको पौडेलले बताए । दुर्घटनामा परेका घाइते मध्ये सात प्रतिशत घाइतेको स्पाइनल इन्जुरी हुने गरेको बताउँदै डाक्टर पौडेलले घाइतेमध्ये एक प्रतिशत मात्र इन्जुरी भएका व्यक्तिहरुको मृत्यु हुने गरेको बताए ।
कार्यक्रममा चितवन स्पाइलन इन्जुरी केन्द्रका इन्चार्ज डाक्टर सुदीप पौडेलले हालसम्म केन्द्रबाट चार हजार छ सय ४१ जनाले फिजियो थेरापी गराएका उल्लेख गरे । यस वर्षमात्रै केन्द्रमा एक सय ८४ जना घाइतेहरुले भर्ना भएर उपचार गराएका डाक्टर पौडेलले बताए । चार वर्षको अवधीमा केन्द्रबाट पाँच सय ४७ जना घाइतेले उपचार लिएका उल्लेख गर्दै केन्द्रका इन्चार्ज पौडेलले चितवन, नवलपरासी, तनहूँ र गोरखासहित विभिन्न २२ जिल्लाका घाइतेहरुले उपचार पाएका जानकारी दिए ।
वार्षिकोत्सव कार्यक्रममा भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रुद्र मरासेनी, अस्पतालकी नर्सिङ प्रशासक मिरा अधिकारी, रोटरी क्लब अफ नारायणगढका निरन्जन पौडेल, लेखापाल शोभाकला सुवेदी, सुशुम्ना नाडी घाइते समाजका गजेन्द्र श्रेष्ठलगायतले मन्तव्य राखेका थिए । केन्द्रका संयोजक डाक्टर कृष्णप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा भरतपुर अस्प्तालका हाडजोर्नी विभाग प्रमुख डाक्टर श्रवण थापाले स्वागत मन्तव्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published.