कृष्णपुरमा सरसफाई

चितवनव, ०१ असार । वातावरणमैत्री वडा घोषणा गर्न लागिपरेको भरतपुर उपमहानगरपालिका वडा नम्बर ७ मा बुधबार सरसफाई कार्यक्रम गरिएको छ ।
‘स्वच्छ आँगन निरोगी जीवन, वातावरणमैत्री वडा निर्माण हाम्रो अभियान’ भन्ने नाराका साथ थालिएको सरसफाईमा वडा नम्बर ७ का विभिन्न चोकहरु सफा गरिएको थियो । कृष्णपुरको श्रीगणेश टोल र माछापुच्छ्रे टोलमा बुधबार सरसफाई गरिएको हो । सबैलाई घर अगाडि रहेको फोहोर आफैले सफा गर्न अभिप्रेरित गर्दै पटक पटक फोहोर गरेमा जरीवाना समेत गर्ने टोलका अगुवाहरुले बताएका छन् ।
कृष्णपुरका सबै वडामा गरि दुई हजार पाँच सय ४२ घरधुरी रहेका छन् भने उक्त वडालाई असार ११ गते वातावरण मैत्री वडा घोषणा गर्ने तयारी गरिएको छ । असार ११ मा कृष्णपुरलाई वातावरणमैत्री वडा घोषणा गरियो भने नेपालमा नै पहिलो वडा हुनेछ ।

Leave a Reply

Your email address will not be published.