मोडलिङ्ग र व्यवसायमा एकसाथ अब्बल बन्दै विकेश बस्नेत
राजेन्द्र आचार्य/ किशोर रिजाल
चितवन, ०१ असार । काठमाण्डौ घर भई हाल चितवनमा बसेर मोडलिङ्ग गरि रहेका विकेश बस्नेत एउटा आशलाग्दी र उदाउँदो कलाकारको स्थापित हुदै गएका छन्। सानै उमेरदेखि मोडलिङ रुचाउने मोडल विकेशले पूर्ण रूपले मोड्लिङ गर्न थालेको करिब १ वर्ष मा नै उनले धेरै दर्शकको माया पाउन समेत सफल देखिएका छन् । एक पछि अर्को भ्यूजिक भिडियो यतिवेला चर्चामा रहेको छ । स्कुल अध्ययनकै क्रममा अभिनयान रुचि र पछिल्लो समय फिल्म प्रसारण गर्न सि म्याक्स हलका म्यानेजर समेत बनेका बस्नेतले सि म्याक्सका कारण समेत आफु मोडलिङ्ग आउन सजिलो भएको बताए ।
छोटो समयमा धेरै चर्चा बटुलेका उनले अभियान गरेको २ वटा म्युजिक भिडीयोमा गरेको जिवन्त अभिनयका कारण उनी चर्चा रहेका हुन् ।
चितवन जिल्लाको सुविधा सम्पन्न सिनेमा हल सिम्याक्स सिनेमाका म्यानेजर समेत रहेका विकेश अगाडी भन्छन्– व्यवसाय र मोडलिङ्ग फरक भए पनि लगनीशिल आफ्नो मिहिनेतकै कारण आफुहरु विस्तारै अगाडी बढेको बताए ।
पहिलो पटक गायिक सरोजा पोख्रलको किन पोल्छ यो मन गितबाट मोडलिङ्गमा प्रवेश गरेका विकेश चितवनले आफुलाई व्यवसायसगै मोडलिङ्गमा समेत स्थापित गराउने विश्वास राखे ।उनैले अभिनग गरेको सुमन गुरुङको यो मनले रोजेको बोलको गीतमा गरेको जिवन्त अभियनले उनी चर्चामा छन् यतिवेला । निर्देशक रमेश बस्नेतले दिएको अवसर नै आफ्नो लागि ठूलो अवसर समेत भएको बताए । हेरौ भिडियो ।
https://youtu.be/lVSK3AwZUXE