१ सय ४१ जना बृद्धबृद्धाहरुलाई सम्मान

चितवन ३२ जेठ । रत्ननगर नगरपालिका वडा नं.४ का १४१ जना बृद्धबृद्धाहरुलाई आज सम्मान गरिएको छ । रत्ननगर नगरपालिकाको जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्र्तगत एकता आमा समुहले कार्यक्रमको आयोजना गरी बृद्धबृद्धाहरुलाई सम्मान गरिएको हो । रत्ननगर नगरपालिकाका कार्यकारी अधिकृत काशिराम गैरेले १४१ जना बृद्धबृद्धाहरुलाई नगद सहित दोसल्ला र सम्मानपत्रले सम्मान गरेका थिए । सम्मानसंगै बृद्धबृद्धालाई ग्लुकोज,जुस र मिठाई वितरण गरिएको थियो । सो अबसरमा कार्यकारी अधिकृत गैरेले नगरपालिकालाई समृद्ध बनाउन बृद्धबृद्धाको योगदानको प्रतिफल स्वरुप नगरपालिकाले जेष्ठ नागरिक सम्मान कार्यक्रम गरिरहेको बताए । कार्यक्रममा रत्ननगर नगरपालिकाका संस्थापक नगरप्रमुख नारायण वनले बृद्धबृद्धाको सम्मान नगरे सम्म समृद्ध समाजको कल्पना गर्न नसकिने बताए । केही छोरा बुहारीले आमा बुवा तथा सासु ससुरालाई हेला गर्ने प्रबृतिको अन्त्य हुन नसकेको भन्दै उनले आफनो अभिभावको सम्मान गरेर उदारहणीय व्यक्तिको रुपमा परिचित हुन सक्नुपर्नेमा जोड दिए । समग्र रत्ननगरको विकासमा योगदान पुर्याएको भन्दै नगरपालिकाको जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्र्तगत १४१ जना बृद्धबृद्धालाई सम्मान गरिएको वडा नागरिक मञ्चकी संयोजक ज्वाला वनले बताईन । समय परिर्वनत संगै मानिसमा चेतनाको विकास बढदै गएपनि अझै बृद्धबृद्धाहरु घरेलु हिंसा सहनु परेको भन्दै संयोजक वनले समाजको विकासका लागि बृद्धबृद्धाहरुको सम्मान गर्न सक्नुपर्ने बताईन । एकता आमा समुहकी अध्यक्ष लक्ष्मी सापकोटाको अध्यक्षतामा भएको सो कार्यक्रममा वडा सचिव शिव लामिछाने,नेपाली काँग्रेसका वडा सभापति ओम प्रसाद घिमिरे,एमालेका वडा अध्यक्ष कृष्ण प्रसाद कँडेल लगायतले वोलेका थिए ।

Leave a Reply

Your email address will not be published.