बालश्रमीकको लागि काठमाण्डौँ लादै गरिएका दुई बालकको उद्धार

 
चितवन, जेठ ३२ । सामुदायीक प्रहरी सेवा केन्द्र नारायगणगढ र वडा प्रहरी कार्यालय नारायणगढले बालश्रमीकको लागि काठमाण्डौँ लार्दै गरेका दुई बालकलाई उद्धार गरेको छ । धनगढिबाट काठमाण्डौँ जान लागेको बसमा सुुराकीको आधारमा आज दिउँसो नारायणगढबाट उद्धार गरिएको सामुदायीक प्रहरी सेवा केन्द्र नारायणगढकी अध्यक्ष मीना खरेलले जानाकारी दिनुभयो । ११ र १३ बर्षिय दार्चुलाका बालकलाई काठमाण्डौँ कामदारको रुपमा लान खोज्ने एक जनालाई प्रकाऊ गरि वडा प्रहरी कार्यालय नारायणगढमा सोधपुछको लागि राखिएको छ ।

Leave a Reply

Your email address will not be published.