पशु सेवा कार्यालयद्धारा गाई फर्ममा अनुगमन

 

चितवन, जेठ ३२ । जिल्ला पशु सेवा कार्यालय चितवनले पुर्वि चितवनका गाई फर्महरुको आज स्थलगत अनुगमन गरेको छ । जिल्ला पशु सेवा कार्यालयका प्रमुख डाक्टर रामकुमार कार्कीको नेतृत्वमा गएको टोलिले पुर्वि चितवनको खैरहनी ३ गोठश्वरमा रहेको अर्याल गाई फर्म, र राप्ति नगरपालिका ७ धमौरामा रहेको दनाई गाईपालन व्यवसायी फर्मको अनुगमन गरेको हो ।
स्थलगत अनुगमनको क्रममा जिल्ला पशु सेवा कार्यालयका प्रमुख डाक्टर रामकुमार कार्कीले घाँसमा आधारित पशुपालन गर्न किसानहरुलाई आग्रह गर्नुभएको छ । जिल्लामा गाईपालन तर्फ किसानहरुको आक्रषर्ण बढ्दै गए पनि किसानहरुलाई सामान्य प्राविधिक ज्ञान नहुँदा गाईहरुमा रोग देखा पर्ने उहाँको भनाई छ । चितवन दुग्द्य उत्पादनका दृष्ट्रिले नेपालकै अग्रहणी जिल्लामा पर्दछ । यहाँ उत्पादन भएको दुध काठमाण्डौँ पोखरा, लगायतका ठुल ठुला सहरमा जाने गरेको कार्कीले बताउनुभयो ।
जिल्लामा व्यवसायीक रुपमा गाईपालन गर्दै आएका किसानहरु २ सय १२ जना रहेको कार्यालयले जानाकारी दिएको छ । पशु सेवा कार्यालयका अनुसार दैनीक दुई लाख लिटर भन्दा बढि दुग्ध उत्पादन हुँदै आएको छ । अनुगमनमा जिल्ला पशु सेवा कार्यालयका कर्मचारी, जिल्लाका अगुवा किसान तथा पत्रकारहरु उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.