ठोरी केरुङ लोकमार्गका लागि बजेट विनियोजन

 

चितवन, जेठ ३२ । लामो समय देखि रोकिई राखेको ठोरी केरुङ लोकमार्ग बन्ने भएको छ । यस अन्तरगत भरतपुर जगतपुर माडि ठोरी सडक खण्डका लागि ३६ करोड रुपैयाँ आज अर्थमन्त्रालयबाट स्वीकृत भएको छ ।
हिजोको मन्त्रिपरिषद्को बैठकले सो मार्गका लागि बजेट विनियोजन गर्न अर्थमन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो । २०७२ माघ २१ र २०७३ बैशाख २८ गते बजेटको माग गर्दै पत्र अर्थमन्त्रालयमा पठाईएको थियो । यो सडक खण्ड भविष्यमा उत्तर दक्षिण नाका जोड्ने ठोरी रसुवा गडिको नाका सवैभन्दा छोटो रुट हो ।
यसको लागि डिपिआर तयारी लगायत आयोजना पुर्व तयारी र ठेक्का पुर्वका सम्पुर्ण मापदण्ड पुरा गरि कार्यक्रम स्वीकृत गरेको अर्थमन्त्रालयले एक विज्ञप्ति मार्फत जानाकारी गराएको छ ।

भौतिक कार्यपद्धतिका आधारमा भुत्तानि दिने प्रचलित कानुन र मापदण्ड बमोजिम स्वीकृत कार्यक्रम अनुसार तीस करोड सम्मको निमार्ण कार्य बहुवर्षिय ठेक्का बाट गराउने मन्त्रि स्तरको निर्णयलाई उल्लेख गर्दै अर्थमन्त्रालयका शाखा अधिकृत भिमप्रसाद न्यौपानेले जानाकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published.