सहचालकको हत्यामा संलग्न तीनलाई जन्मकैद

 

चितवन, २८ जेष्ठ । चितवन जिल्ला अदालतले एक सहचालकको हत्यामा संलग्न एक साथ तीन युवालाई जन्मकैद फौसला गरेको छ ।
जिल्ला अदालतका न्यायधिश कविप्रसाद न्यौपानेले जेठ २७ गेत गरेको ईजलासले बारा गढिमाइ–१७ का १८ वर्षीय मनोज खड्कालाई हत्या गरेको पुष्टी भएपछि उनीहरुलाई जन्मकैदको फैसला सुनाएबको हो ।

यसरी जन्मकैदमा पर्नेहरुमा नवलपरासी दुम्कीबासका २० वर्षीय मिलन पुन मगर, १७ वर्षीय निमे पुन मगर र भरतपुर नगरपालिका–३ का १७ वर्षीय सन्दिश रानामगर रहेको चितवन जिल्ला अदालतले जानकारी दिएको छ ।

छोरोको ज्यान गएपछि बुबा काशिराम खड्काले जिल्ला प्रहरी कार्यालय चितवनमा गएको मंसिर १५ गते उनीहरु विरुद्ध उजुरी दिएस्का थिए । चितवन प्रहरी उनीहरु तीनै जनालाई गत पुस २० गते पक्राउ परेका थिए ।

रिसीइवीको कारण देखाउन घटना भने गत मंसिर ९ गते राति मनोज सुतिरहेको ना ५ ख १४१० नम्बरको बसभित्र ती युवाले फलामको रड प्रहार गरि घाइते बनाएका थिए । उनको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको थियो ।