भरतपुर अस्पतालमा हाइड्रोसिलको निशुल्क अप्रेशन

सुवास पण्डित
चितवन, २८ जेष्ठ । भरतपुर अस्पतालमा हाइड्रोसिलको निःशुल्क अप्रेशन चलिरहेको छ । जेष्ठ १६ गतेबाट असार २५ गतेसम्म चल्ने गरि हाइड्रोसिलको निःशुल्क शिविर राखिएको कार्यक्रम संयोजक गोपाल पौडेलले जानकारी दिए ।gggggggggggg

हात्तिपाइले रोग निवारण कार्यक्रम अन्र्तगत भरतपुर अस्पतालमा १६ बर्ष उमेर भन्दा माथिका बिरामीहरुलाई लक्षित गरि हाइड्रोसिलको निशुल्क अप्रेशन कार्यक्रम राखिएको हो ।

“हाइड्रोसिल अप्रेशन गर्दा बाहिरका अस्पतालमा १३ हजारसम्म खर्च लाग्छ, भरतपुर अस्पतालमा पनि अन्य समयमा ५ हजार रुपैया खर्च हुन्छ” कार्यक्रम संयोजक पौडेलले भने, “अहिले शिविरमा निःशुल्क अप्रेशन गरिएको छ, मौकाको फाइदा उठाउन सक्नुहुन्छ ।” अप्रेशन सहित अस्पतालमा वेड समेत निशुल्क व्यवस्था गरिएको छ ।

अण्डकोषको बाहिरी छालाको भित्र पानी जम्ने समस्यालाई हाइड्रोसिल भन्ने गरिन्छ । हाइड्रोसिल के कारणले गर्दा हुन्छ भन्ने प्रारम्भिक कारण थाहा हुन नसकेको अस्पताल सर्जन डा. श्याम श्रेष्ठले जानकारी दिए।