अटो मेकानिकल सहकारीको अवलोकन भ्रमण एवम् नेतृत्व विकास प्रशिक्षण

चितवन, २९ जेठ । चितवनको नारायणगढमा रहेको अटो मेकानिकल वचत तथा ऋण सहकारी सस्था लिमिटेडले आफ्ना सदस्यहरुका लागि अवलोकन भ्रमण तथा नेतृत्व विकास एवम् उद्घोषण कला प्रशिक्षण सम्पन्न गरेको छ । नवलपरासीको अमलटारीमा आयोजना गरिएको सो कार्यक्रममा सस्थाका ३० जना सदस्यहरुको सहभागिता रहेको थियो ।
जेठ २६ र २७ दुईदिनसम्म अमलटारीस्थित होमस्टेमा आयोजना गरिएको प्रशिक्षणमा सहभागिहरु निकै उत्साही भएको प्रशिक्षक पत्रकार प्रकाश ज्ञवालीले जानकारी दिनुभयो । सस्था संचालन पश्चात विभिन्न कार्यक्रमहरु आयोजना गरिने एवम् सदस्यहरुलाई अन्य सस्थाका कार्यक्रममा सहभागि गराउनुपर्ने तर संचालन विधि र भाषणकलामा कमजोर हुदा निकै अप्ठेरो पर्ने गरेकोले यस खालको प्रशिक्षणको आयोजना गरिएको अटो मेकानिकल वचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष गोपाल भटट्राईले जानकारी दिनुभयो ।
तालिम पश्चात सवै सदस्यहरुमा सार्वजनिक कार्यक्रममा मन्तव्य दिनका लागि डराउनुपर्ने अवस्था हटेको चितवन अटो मेकानिकल व्यवसायी संघका अध्यक्ष वलराम भण्डारीले वताउनुभयो ।
चितवनमा रहेको अटो मेकानिकल व्यवसायीहरुले स्थापना गरेको सहकारीमा हाल १ सय ४९ जना शेयर सदस्य रहेका छन् । यस्तै अवलोकन भ्रमणका क्रममा सहभागिहरुले अमलटारीमा रहेको होमस्टे,त्यहा थारु समुदायले प्रस्तुत गरेको कला सस्कृतिको अवलोकन गर्नुका साथै जीप सफारी गरी दुर्लभ वन्यजन्तुहरुको समेत नजिकैवाट अवलोकन गरेका थिए ।