चितवनमा गोरु काटेको आरोपमा पाँच पक्राउ

 

चितवन, २८ जेठ । चितवननको माडीमा गोरु काटेको आरोपमा चितवन प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।
राष्टिय जनावर गाई प्रजातिका गाई काटेको आरोपमा माडी–३ की सुनिता नेपाली, माडी–४ को १६ बर्षका सागर नेपाली, सोही ठाउँका १९ बर्षिय शिव नेपाली, माडी–४ का २५ बर्षका जिवन नेपाली र माडीकै ४५ बर्षकी कोपिला नेपालीलाई पक्राउ गरिएको चितवनका प्रहरी प्रमुख एवं प्रहरी उपरिक्षक बसन्तबहादुर कुँवरले जानकारी दिए ।ox death
माडीको चितापुल नजिकै सिसौ घारीमा काटेर फ्याँकेको गोरु फेला परेको र बुझ्दैजाँदा उनीहरु संलग्न रहेको भन्ने जानकारीका आधारमा विहिवार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुलाई अहिले थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चितवनमा ल्याईएको छ ।
पक्राउ परेकाहरुलाई गौ वध ऐन अन्तरगत मुद्धा चलाउने तयारी भैरहेको प्रहरीले जनाएको छ ।
प्रहरीको प्रारम्भीक अनुसन्धान अनुसार गोरुलाई रटेर रगत र दुई फिला लागेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.