बाख्रा पालक संघमा ढकाल

चितवन, २६ जेठ । किसानहरुलाई चाहिने आधारभुत आवश्यकता तालिम, गोष्ठी तथा जनचेतनाका कार्यक्रमहरु अझै पनि धेरै किसानहरुको माझमा नपुगेको बाख्रा पालक किसानहरुले गुनासो गरेका छन् ।
जिल्ला व्यसायिक बाख्रा पालक संघ चितवनको प्रथम साधारण सभा तथा जिल्ला अधिवेशनमा बोल्ने किसानहरुले उन्नत जातको बाख्रा पालेर आफ्नो व्यवसायलाई मजबुत बनाउनुपर्नेमा जोड दिए । धेरै किसानहरुलाई बाख्रा कसरी पाल्ने र व्यावसायिकरण कसरी गर्ने भन्ने कुरा नै थाहा नभएका कारण मर्कामा पर्ने गरेको बताएका थिए । बाख्रा पालक किसानहरु पुर्ण रुपमा संगठित नभैसकेको कारण पनि अनुदानको प्रक्रियाको लागि धेरै त्रुटि भएको जिल्ला व्यावसायिक बाख्रा पालक संघ तदर्थ समिति अध्यक्ष मोहन ढकालले बताए ।
चितवनमा पशुसेवा कार्यालयको अनुदान प्राप्त ५ वटा बाख्राका स्रोत केन्द्र रहेका व्यक्तिगत रुपमा अन्य केही स्रोतकेन्द्रहरु रहेको आफूलाई जानकारी भएको ढकालले बताए । बाख्रा पालन व्यवसायको सम्भावना चितवनमा राम्रो भएकाले पनि आगामी दिनमा चितवनको बाख्राको पकेट क्षेत्र हुनसक्ने ढकालको बुझाइ छ । जिल्ला पशु सेवा कार्यालयका प्रमुख रामकुमार कार्की प्रमुख अतिथि रहेका थिए ।
बुधबार भएको बाख्रा पालक संघ चितवनको अधिवेशनले मोहन ढकालको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा चेत प्रसाद अधिकारी, सचिवमा हरि बहादुर भट्ट, सह सचिवमा देवेन्द्र भट्टराई, कोषाध्यक्षमा योगेन्द्र बहादुर खड्का, सह कोषाध्यक्षमा लिला भण्डारी लगायत अन्य नौ जना सदस्यहरु रहेका छन् ।

Leave a Reply

Your email address will not be published.