गैंडाको आक्रमणबाट दुई जना घाइते

चितवन, २६ जेठ । पूर्वी चितवनको सौराहा गैंडाको आक्रमणबाट दुई जना घाइते भएका छन् । बुधबार बिहान करिब ११ बजेको समयमा गैंडाको आक्रमणबाट एक जना विदेशी नागरिक सहित दुई जना घाइते भएका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

डेनमार्क नागरिक २३ वर्षीय लाउरा बेच र पर्यटकका पद प्रदर्शक रत्ननगर १९ का १८ वर्षीय कुमार थापा गैंडाको आक्रमणबाट घाइते भएका हुन् । बुधबार निकुञ्जमा घुम्न जाने क्रममा रत्ननगर १८ मा रहेको होटल बटर फ्लाई नजिकै उनीहरुलाई गैंडाले आक्रमण गरेको चितवनका प्रहरी प्रमुख वसन्त बहादुर कुँवरले बताए । गैंडाको आक्रमणबाट डेनमार्क नागरिक बेचको कम्मरमा चोट लागेको र भरतपुरमा रहेको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज)मा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी, नेचर गाइड थापाको बायाँ हातको जोर्नीमा चोट लाग्नुको साथै उनको हात पनि भाँचिएकोले चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published.