फेरि मालपोतमा विचौलिया गर्ने तीन पक्राउ

सरस्वतीकुमारी शर्मा आचार्य
चितवन, २६ जेठ । चितवन प्रहरीको एक टोलीले मालपोत कार्यालय चितवन भित्र विचौलीया गर्ने तीन जनालाई पक्राउ गरेको छ ।
कार्यालयको भित्र पसेर सर्वसाधारणलाई विचौली गरेको अवस्थामा सुजन ओझा, तुलसीराम पोख्रेरल, सागर सापकोटालाई पक्राउ परेको उनले बताए ।

पक्राउ परेको तिन जनालाई प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंह, राष्ट्रिय अनुसन्धान चितवनका प्रमुख माधव तिमल्सीना र प्रहरी प्रमुख वसनत कुवरसहितको टोली गरेको अनुगमनको क्रममा पक्राउ गरेको हो ।
हामीले १ महिना यता अप्रेशन सुरु गरि विभिन्न निकायमा निगरानी राख्ने काम गरिरहेका थियौं–उनले भने । जनतालाई हैरान पर्ने र जनता लुट्ने गुनासाका आधारमा यो अप्रेशन जारी जारी रहेनेछ ।
विशेष गरेर सरकारी कार्यालय, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा सर्वसाधारणलाई विचौलीयाले हैरानीसगै दुःख दिन थाले पछि जिल्ला प्रहरी कार्यालय चितवनले विचौलीया अप्रेशन सुरु गरेको प्रहरी उपरिक्षक वसन्त कुवंरले बताए ।
यसैविच अभियान अन्र्तगत पक्राउ परेका तीनै जनालाई विशेष सूचनाको आधारमा मालपोत कार्यालय चितवनबाट पक्राउ गरि सार्वजनिक अपराध ऐन अन्र्तगत मुद्दा चलाई आवश्यक अनुसन्धान भईरहेको प्रहरी उपरिक्षक कुवंरले सौराहा अनलाईनलाई बताए । यसअघि मंगलबार मात्रै नापाी कार्यालयबाट २ जनालाई पक्राउ गरेको थियो । त्यसअघि चितवनको क्यान्सर अस्पतालमा विचौलिया गर्ने २७ जना, जिल्ला प्रशासान कायाृलयबाट ३ जना र मालपोत कार्यालय चितवनबाट २ जनालाई चितवन प्रहरी पक्राउ गरि मुद्दा चालाएको थियो ।

Leave a Reply

Your email address will not be published.