शक्तिखोरमा १५ करोड लगानीमा ह्याचरी स्थापना / सातामा एक लाख चल्ला उत्पादन गर्ने

चितवन, २६ जेठ । चितवनमा १५ करोडको लगानीमा बोइलरको चल्ला उत्पादन गर्ने ह्याचरी स्थापना भएको छ । चितवनका युवा उद्यमीको पहलमा शक्तिखोरमा डेढ विघा जग्गामा ह्याचरी स्थापना भएको हो ।

हिलबर्ड नेपाल ब्रिडिङ कम्पनीका नाममा यो ह्याचरी स्थापना भएको हो । हप्ताकै एक लाख चल्ला स्थापना गर्ने उदेश्यसहित ह्याचरी स्थापना भएको संचालक रोशन आचार्यले बताए । हामीले हप्ताको एक लाख बोइलरको चल्ला उत्पादन गर्ने उदेश्यका साथ यो ह्याचरी स्थापना गरेका हौ, उनले भने, हामीले एक वर्षअघिदेखि २० हजार चल्ला उत्पादन गर्न थालिसकेका छौ । अब केही समयभित्रै साताको एक लाख उत्पादन हुन्छ ।

ह्याचरीमा चितवनका आचार्य वाहेक सात जना अरु लगानीकर्ता छन् । प्रेमकृष्ण खनाल, गोपीप्रसाद नेपाल, राधाकृष्ण खनाल, पुरु खनाल, शरद पोखरेल, पदमप्रसाद अधिकारी र गोपी श्रेष्ठले लगानी गरेका छन् । ह्याचरीमा एनसीसी बैंकले लगानी गरेको छ । आचार्यका अनुसार ह्याचरीबाट उत्पादन भएको चल्लाको बजार समस्या छैन। उनले नाकाबन्दीका कारण समस्या भोगेपनि अहिले बजारमा चल्ला बिक्रीको लागि समस्या नभएको दाबी गरे । नाकाबन्दीका कारण हामीले केही समस्या भोग्यौ । मुलुकलेनै समस्या भोगेको बेला हामी अछुतो रहने कुरै भएन, आचार्यले भने, तर अहिले हामी सहज अवस्थामा पुगिसकेका छौ ।

उनले चल्ला उत्पादनमा विस्तारै मुलुक आत्मनिर्भर बन्दै गएको बताउँदै विदेशी चल्ला विस्थापनको चरणमा रहेकोले लगानी बढाउन थालेको बताए । उनका अनुसार अहिले विदेशी चल्लाको तुलनामा नेपाली चल्लाले किसानलार्इ राम्रो फाइदा दिन थालेको छ ।पोल्ट्रीमा हामी आत्मनिर्भर हुँदै गएका छौ । मासु र अन्डामा भइसकेका छौ, आचार्यले भने, रोगब्याधीबाट बचाउन सके प्रतिफल पनि राम्रो छ ।

Leave a Reply

Your email address will not be published.