मुग्लिन सडक दुईतर्फ सञ्चालनमा

राजेन्द्र आचार्य
चितवन, २६ जेठ । पहिरोका कारण अवरुद्ध रहेको नारायणगढ–मुग्लिन सडकखण्ड केहिबेर अगाडीबाट दुई तर्फ रुपमा सञ्चालनमा आएको छ । गएराति १२ बजे वर्षासँगै खसेको पहिरोका कारण बन्द भएको सडक बिहान ३ बजेदेखि एकतर्फ सञ्चालनमा आएकोमा केहिबेर अगाडी मात्रै दोहोरो रुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख बसन्त कुवंरले अनलाईन खबरलाई जानकारी दिए । Muglin-Narayangadh
चण्डिभञ्याङ–६ स्थित कालीखोलामा सो खण्डअन्तर्गत खसेको पहिरो डोजरको सहयोगमा पन्छाएपछि बिहान ३ देखि एक तर्फी बाटो खुला भएको थियो । राति रोकिएका गाडी बिहान गन्तव्यतर्फ हिडेको उनले बताए । यसअघि पहिरोका कारण उक्त सडक मङ्गलबार पटकपटक बन्द हुन पुगेको थियो । नारायणगढ–मुग्लिन सडक अहिले विस्तारका क्रममा रहेकाले सामान्य पानी पर्दा पनि विभिन्न क्षेत्रमा पहिरो गएर अवरुद्ध हुने गरेको छ । जसकारण सर्वसाधरणहरु सास्ती खेपदै आएका छन् । १ घण्टा लाग्ने समय सर्वसाधराण्हरु ४ घण्टा बढी सम्म समय लगाएर जाने गरेका छन् ।

Leave a Reply

Your email address will not be published.